रुसि सेनामा कार्यरत नेपाली युवाद्वारा नेपाल कम्युनिष्ट पार्टीप्रती अगाध बिश्वास व्यक्त
काठमाडौँ । रुसि सेनामा कार्यरत एक नेपाली युवाले नेपाल कम्युनिष्ट पार्टीप्रती अगाध बिश्वास व्यक्त गरेका छन्। दाङको घोराही निवासी नेकपाको नगर कमिटीको हैसियतमा काम गरेका युवा भिम सीले रोजगारीको शिलशिलमा आफू रुस पुगेपनी पार्टीप्रती अगाध बिश्वास रहेको बताएका छन् । उनले एक भिडियो सन्देश जारी गर्दै बाध्यताले टाढा भएपनी आफ्नो मन मुटुमा नेपाल कम्युनिस्ट पार्टी रहेको बताउदै भनेका भनेका छन् – ‘मेरो पार्टी , मेरो प्यारो पार्टी हाम्रो जनप्रीय पार्टी रुसबाट एकदम एकदमै न्यानो माया अनि अग्रजहरु साथिहरुमा मेरो सलाम छ र मैले एकदमै यादगारका दिनहरु सम्झिरहेको छु र सबैलाई एकदमै भित्री आत्मादेखी सम्झिराको छु । म जहाँ जता भएपनी टाढा भएपनी मेरो मन मुटु सबै त्यही मेरो पार्टीमै छ र मेरो पार्टी , साथी , घरपरिवार सबैमा मेरो तन मन सबै छ । जे जस्तो भएपनी हाम्रो पार्टी अगाडि बढोस राम्रो होस मेरो यहि छ कामना ! म फेरि फर्केपछि पुनः जोडिनेछु । यति भन्दै मेरो छोटो समय छ यहाँ ड्युटी जादैछु , सबैलाई मैले भित्री आत्मादेखी सम्झिरहेको छु । यहीँ मेरो कामना छ , सबैलाई सलाम है त ल ।’
उनले धेरै नसकेपनी ५ हजार रुपैयाँ पार्टीलाई सहयोग गरेको र उक्त रकम पार्टीलाई हस्तान्तरण गरिदिन अनुरोध गरेका छन् ।
स्रोतका अनुसार निज भिम सी नेकपा घोराही उपमहानगर कमिटीका सदस्यको रुपमा जिम्मेवारीमा थिए भने हाल उनी रुस-युक्रेन युद्धको तनाबबिच रुसि सेनामा भर्ती भएको जनाईएको छ ।
यता सोही विषयमा बुझ्न खोज्दा नेकपा पुर्वी दाङका जिल्ला कमिटी सदस्य एवम युवा संगठन नेपाल पुर्वी दाङका अध्यक्ष पदम सीले संसारभरिमा रहेका नेपालीहरुले विप्लवलाई नै आशाको रुपमा देखेको बताए । उनले भने– ‘ यो एक प्रतिनिधि घटना मात्रै हो नेपालका लाखौ युवाहरुले यतिबेला संसारभरिबाट युवाहरुले विप्लवलाई सम्झिरहेका छन् । यहाँको दलाल पुजीवादी सत्ताको कारणले बाध्यताबस बिदेशी भुमिमा सस्तो श्रममा बेचिरहेका युवाहरुले एउटा मात्रै आशाको किरण विप्लवलाई देखेका छन् । हामिले भनिरहेका छौँ अझै सत्ता जनताको हातमा आइपुगेको छैन त्यसैले यो सत्ताको विकल्पमा हामिले वैज्ञानिक समाजवादी सत्ता भनेर बिद्रोह गरिरहेका छौँ । नेपाली युवाहरुलाई यो हालतमा पुर्याउने सत्ता पुर्ण रुपले खारेज नगर्दासम्म अहिलेको समस्याले हल निस्किनेवाला छैन । हामी अपिल गर्छौ कि एकपटक यहाँको सत्ता बदल्न संसारभरी छरिरएर रहेका युवाहरु नेपालमा आउँ र अन्तिम क्रान्तिको बिगुल फुकौँ ।’
यतिबेला रुस-युक्रेनबिच भइरहेको युद्धबिच सयौं नेपाली युवाहरु रुसि सेनामा भर्ती भइरहेका छन् भने केहिले लडाइँको बिचमा मृत्युवरण समेत गरिसकेका छन् ।-हेमन्त प्रकाश ओली