‘उत्पादनमार्फत नेपाली जनताका तमाम समस्या हल गर्नुपर्छ ‘

२०८० माघ १८ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले उत्पादनमार्फत नेपाली जनताका तमाम समस्या हल गर्नुपर्ने बताएका छन्। सो पार्टीको केन्द्रीय उत्पादन विभागद्वारा कपिलवस्तु सञ्चालित व्यवसायिक योजनसहितको सीप विकास तालिम कार्यक्रमको समापनसहित सी उद्योग उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
महासचिव विप्लव सीले उत्पादन प्रणालीमार्फत वैदेशिक रोजगारीका दर घटाउन पहल गर्नुपर्ने भन्दै राज्यको नितिले समाधान खोज्नुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले पार्टीको उत्पादन नीतिले आफू प्रभावित भएको बताएका थिए । विजय सीको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन दिनेश सीले गरेका थिए । कार्यक्रममा प्रशिक्षकको रुपमा सन्दिप सापकोटा र प्रकाश अधिकारी रहेका थिए ।


नेकपा केन्द्रीय उत्पादन विभागद्वारा माघ १२ देखि सञ्चालन गरिएको तालिम १६ गतेसम्म पार्टी केन्द्रीय कार्यलयमा कपिलवस्तमा सञ्चालन गरिएको थियोे । उक्त कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र प्रशिक्षकहरुलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरियो थियोे ।
कार्यक्रमका विशिष्ट अतिथि नगर प्रमुख अजय थापालाई सोही ठाउँमा उत्पादन गरिएको उपहार फिनेल, हार्पिक, ह्यान्डवास , डिसवास, कोलिन प्रदान गरिएको थियोे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु