नेपालको राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवाद

२०८० माघ १८ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पाटीका प्रवक्ता प्रकाण्ड सीले नेपालको राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवादबाट मात्र हुने ठोकुवा गरेका छन । बुधवार एपी वान टेलिभिजनलाई दिएको अन्तरवार्तामार्फत उनले सो ठोकुवा गरेका हुन् ।
प्रवक्ता प्रकाण्डले जनयुद्ध र जनआन्दोलनको मर्म विरुद्ध अहिले संसदवादी शक्ति नगएको भन्दै यो राजनीतिक संकटको निकास नेपाली विशेषताको समाजवादबाट मात्र हुने बताए ।
प्रवक्ता प्रकाण्ड सीले अन्तरवार्ताको क्रममा नेकपाको अदालत नेपाली जनता मात्र भएको भन्दै वुर्जुवा संदवादी व्यवस्थाको अदालतको आदेश नेपाल कम्युनिष्ट पार्टीले नमान्ने चेतावनी दिए । उनले ३ बुँदे सहमति उल्लंघन गरेर काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेश देश र जनताका विरुद्ध भएको बताउदै भने – ‘अदालत राज्यको अंग हो, राज्यको होल नेतृत्व सरकारले गर्छ, सरकारको निर्णय अदालतले मान्नु पर्छ । काठमाडौं जिल्ला अदालतले निर्णय नमानेर ३ बुँदे सहमतिको उल्लंघन गर्यो ।’
प्रवक्ता प्रकाण्ड सी ले प्रश्न गर्दै भने -‘३ बुँदे सहमति नदेख्ने अदालतका न्यायधीसहरु के अन्धा छन ? ‘३ बुँदे सहमतिको नोटिस कि त अदालतले सरकारसंग माग्नु पर्यो कित सरकारले अदालतलाई दिनुप-यो । तर उल्लंघन गरेर पक्राउ पूर्जी जारी गर्न पाईदैन ।’’
यसैगरी, प्रवक्ता प्रकाण्ड सी ले नेपाल कम्युनिष्ट पार्टी र नेतृत्वको विरुद्ध ज्ञानेन्द्र शाहीलाई नबोल्न र वोलेको कुरा सच्चाउन नेकपाले आग्रह गरेको भन्दै ३ बुँदे सहमतिको खिलाममा कोही पनि जान नपाउने चेतावनी दिए ।
प्रवक्ता प्रकाण्ड सी ले देशलाई द्धन्द्धतिर धकेल्न र फेरी परिवर्तनका विरुद्ध जाने शक्तिहरुले ३ बुँदे सहमति विरुद्ध बोल्ने गरेको ठोकुवा गरे। उनले एमाले र कांग्रसेलगायतका सबै शक्तिलाई समाजवादी मोर्चामा आउन आग्रह गर्दै देश बर्वादिको दिशाबाट बचाउन अपिल गरे ।

प्रतिक्रियाहरु

[anycomment]