‘जनयुद्धको उपलब्धि खाेस्ने षड्यन्त्र दिवासपना हुनेछ ‘
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जनयुद्धको उपलब्धि खाेस्ने षड्यन्त्र दिवासपना हुने ठोकुवा गरेका छन। मंगलबार नेकपा केन्द्रीय कार्यालय शिवगढ़ीमा आयाेजित २९औं जनयुद्ध दिवसकाे शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
महासचिव विप्लव सीले नेपालमा जनयुद्ध सफल भएपछि गणतन्त्र आएकाे बताउँदै जनयुद्धमा हारेकाहरूले उपलब्धि उल्ट्याउन षड्यन्त्र गरिरहेको बताउदै भने- ‘उनीहरूले हारेपछि नेपालमा नेपालमा गणतन्त्र आएकाे हाे । अहिले जितेकाले जसरी जनयुद्धलाई अपराधिकरण गरिदैछ । हरूवाहरू अहिले उपलब्धि खाेस्ने षड्यन्त्र गरिरहेका छन् । याे उनीहरूकाे दिवासपना हुनेछ ।’
महासचिव विप्लव सीले भारतको नयाँ दिल्ली र अमेरिकाकाे वासिङ्टन डिसीकाे इसारामा नेपालकाे सर्वाेच्च अदालतले जनयुद्ध दिवसविरूद्ध आदेश दिएकाे बताए उनले सर्वाेच्च अदालतका न्यायाधीशले विदेशकाे इसारामा जनयुद्ध दिवसका दिन सार्वजनिक विदासहित जनतालाई उत्सव मनाउन नदिएकाे भन्दै नेपालको जनयुद्ध कुनै मुक्तियुद्ध भन्दा कम नभएकाे भन्दै विदेशीलाई याे नपचेकाे बताए ।
महासचिव विप्लव सीले साम्राज्यवादका दलालहरू नेपालकाे जनयुद्धलाई नेपाली जनताकाे युद्ध हाेइन भनेर सावित गर्नका लागि दाैडिरहेकाे बताउदै अदालतकाे आदेशले नेपालका श्रमिक जनताकाे जनयुद्ध मनाउने, उत्सव मनाउने अधिकारबाट बन्चित गरेकाे भएपनि उल्लासमय रूपमा मनाउन सबैलाई अपिल गरे ।
महासचिव विप्लव सीले जनयुद्धलाई आंकवादी आन्दोलन, माओवादीलाई आतंककारी भन्दा पनि माओवादी केन्द्रका नेताहरू चुप लागेकाेमा दु:ख व्यक्त गर्दै माओवादी केन्द्र ५२ सालकाे माओवादी भन्दा फरक विदेशीहरूकाे हस्ताक्षेप बढेको बताए । उनले माओवादी घटकहरूले फागुन १ लाई रक्षा गर्नुको बिकल्प नभएको बताए ।
महासचिव विप्लव सीले आफूलाई आतंककारी बनाउन खाेजे सहेर नबस्ने चेतावनी दिंदै भने- ‘हामीलाई आतंककारी बनाउन खाेजे सहेर नबस्दैनाैँ । हामी शान्तिपूर्ण संघर्षबाट परिवर्तन चाहन्छाै, नेपालमा दलाल पुँजीवादकाे अन्त्य चाहन्छाैं । त्यसकाे अन्त्यका लागि ४६ साल जसरी सहकार्य गरेर समाजवादमा जान चाहन्छाैँ । हामी युद्धमा धकेल्न खाेजे, नेपाली युवालाई दमन गर्न खाेजे फेरी नेपाल उठ्ने छ, फेरी नेपालमा अर्काे विद्राेह हुन्छ । त्यहि विद्रोहले नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउने छ ।’
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले माओवादीले गृहयुद्ध पूरै जितेकाे दाबी गरे ।
उनले नेपालमा माओवादीले सुरू गरेकाे जनयुद्ध सफल भएपछि भारतीय साम्राज्यवाद र अमेरिका साम्राज्यवाद माओवादीसँग प्रत्यक्ष लड्नका आएकाेे खुलासा गर्दै साम्राज्यवादसँग लड्न माओवादी पंक्ति तयार भएकाे भएपनि नेतृत्वकाे आत्मसमर्पणका कारण जनयुद्ध असफल जस्ता देखिएकाे बताए ।
नेता अनिल सी ले प्रचण्डकाे सम्झौता परास्त नीतिका कारण अहिले जनयुद्धलाई जनयुद्धबाट पराजित भएकाहरूले अपराधिकरण गर्न खाेजेकाे उल्लेख गर्दै यसरी जनयुद्धलाई अपराधिकरण गर्नेकाबिरूद्ध नेकपालेशसक्त प्रतिकार गर्नुपर्ने बताए ।
सोही , कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका पाेलिट व्युराे सदस्य ध्रुव सीले जनयुद्धलाई कसैले अपराधिकरण गर्न खाेज्छ भने त्यसकाे प्रतिकार गर्नुपर्ने बताए । उनले नेपालका केही दलालहरूले जनयुद्धलाई अपराधिकरण गर्न खाेजेकाे बताउँदै त्यसकाे पार्टीकाे नेता तथा कार्यकर्ताहरु खुलेर प्रतिकार गर्नुपर्ने बताए ।
यसैगरी , सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका पाेलिट व्युराे सदस्य असल सीले जनयुद्धलाई अपराधिकरण गर्न खाेजिए युवाले फेरी बन्दुक उठाउने बताए । उनले जनयुद्ध, नेकपा र नेतृत्व विप्लव विरूद्ध षड्यन्त्र गरे युवाहरू मानव बम बन्न तयार रहेकाे बताए । उनले मानव बम वनेर देशकाे विकास र समृद्धि हुन्छ भने आफूहरू त्यसका लागि तयारी अवस्थामा रहेकाे उनकाे भनाई थियाे ।
उनले नेकपाप्रति सबै राजनीतिक दलका कार्यकर्ता, बुद्दिजिबी, पत्रकार, कलाकार र सम्पूर्ण जनता आशावादी भएकाले एकीकृत जनक्रान्ति सफल हुने ठोकुवा गर्दै जनयुद्धलाई जीवन्त राख्न एकीकृत जनक्रान्तकाे विजाराेपण गरेकाे बताए ।
नेकपा महासचिव विप्लवकाे अध्यक्षता सुरू भएकाे उक्त कार्यक्रमको संचालन नेकपाका पाेलिट व्युराे सदस्य संजिव सीले संचालन गरेका थिए भने कार्यक्रमका उपस्थिति नेता कार्यकर्ता तथा जनसमुदायलाई नेकपा पाेलिट व्युराे सदस्य विजयले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए ।