कपिलवस्तु बस दुर्घटनाका घाइतेहरुको निशुल्क उपचार गर

२०८० फाल्गुन ३ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुमा बस दुर्घटनामा परि निधन भएका प्रति श्रद्धान्जली व्यक्त गर्दै दुर्घटनामा परि घाइते भएका सम्पूर्णलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरुको निशुल्क उपचार र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन सरोकारवाला पक्ष र सरकारसँग जोडदार माग गरेको छ । सो पार्टीका महासचिव विप्लव सीले बिज्ञप्ति जारी गर्दै गएराति महेन्द्रनगरबाट काठमाडौँ आउदै गरेको सुनौलो महाकाली यातायातको बस कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही मा दुर्घटनामा परि निधन भएका प्रति श्रद्धान्जली व्यक्त गर्दै दुर्घटनामा परि घाइते भएका सम्पूर्णलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरुको निशुल्क उपचार र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन सरोकारवाला पक्ष र सरकारसँग जोडदार माग गरेका हुन्।
महासचिव विप्लव सी ले जारी गरेको बिज्ञप्तिमा भनिएको छ -‘ गएराती महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदुरपस्चिम प्रदेश ०२-००१ (ख) ००९८ नम्वरको सुनौलो महाकाली यातायातको यात्रुवाहक बस कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएको र ३० जना घाइते भएको खवरले हामीलाई स्तब्ध बनाएको छ।
दुर्घटनामा परि ज्यान गुमाउनुहुने पु सकील मुसलावन,अर्जुन कुमार योगी, नारायण बहादुर भण्डारी, राहुलराम कामी, उमेश भण्डारी, सञ्जु थापा, किशन भट्ट, बिमलादेवी भट्ट सुदिप भट्ट, खगेश्वरी खातीप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै दुर्घटनामा परि घाइते हुनुभएका सम्पूर्णलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ, साथै घाइतेहरुको निशुल्क उपचार र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन सरोकारवाला पक्ष र सरकारसँग जोडदार माग गर्दछौँ ।
पटक पटक यस्तो दुर्घटना हुनुमा स्तरहीन सडक,कमजोर ट्राफिक प्रणाली, गलत यातायात ब्यवस्थापन रहेको हाम्रो बुझाइ छ, यस्तो समस्याको यथाशिघ्र समाधानका लागि उचित पहल गर्न सरकारसँग जोडदार माग गर्दछौँ । ‘

प्रतिक्रियाहरु

[anycomment]