‘सांस्कृतिकरुपमा सामन्तवादकाे अवशेष अझै बाँकी छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सीले सामन्तवादको अन्त्य भएतापनि सांस्कृतिकरुपमा त्यसका अवशेष अझै बाँकी रहेकाले क्रान्ति जारी रहेको बताएका छन् । अखिल नेपाल जनसांस्कृतिक महासंघद्वारा २६ औँ सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा सोमबार काठमाडौँको कपुरधारामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् नेता अनिल सीले अबको हाम्रो लडाई दलाल पुजीवादी संस्कृति र चिन्तनसँग रहेको बताए ।
यसैगरी , उक्त कार्यक्रममा सहिद परिवारको तर्फबाट बाेल्दै खुमा सीले सहिदहरुका सपना अझै पूरा नभएको र ति सपनाहरु पूरा गर्न एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत नेपाल कम्युनिस्ट पार्टी अगाडि बढेको बताइन । उनले परिवर्तनको मार्गमा सबै इमानदारीका साथ लागे मात्र सांस्कृतिक प्रतिरोध दिवस मनाउनुको सार्थकता रहने बताइन ।
उक्त कार्यक्रममा नेकपाका पोलिट व्युरो सदस्यहरु कृति सी, आस्था सी, खुमा सीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा गोविन्द सीले गीत प्रस्तुत गरेका थिए भने उपाध्यक्ष शोभा सीले स्वागत मन्तव्यसहित कविता वाचन गरेकी थिइन् ।

२०५५ सालको चैत ५ गते काभ्रेको अनेकोटमा तत्कालिन सत्ताले च्याङ्बा लामासहित ७ जना जनकलाकारहरुको सामुहिक हत्या गरेको थियो । निहत्था जनकलाकारहरुले सशस्त्र जत्थासँग प्रतिरोध गर्दागर्दै शहादत प्राप्त गरेको सोही दिनलाई नेपाली माओवादी कम्युनिष्ट क्रान्तिकारीहरुले साँस्कृतिक प्रतिरोध दिवसको रुपमा मनाउदै आएका छन् । सोही साँस्कृतिक प्रतिरोध दिवसको अवसरमा महासङ्घले कार्यक्रमको आयोजना गरेको हो ।
२६ औँ सांस्कृतिक प्रतिरोध दिवस कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय अध्यक्ष तथा नेकपा पोलिट व्युरो सदस्य माइला सीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन महासङ्घका महासचिव कुशल सीले गरेका थिए । कार्यक्रममा सहभागी उपस्थित अतिथि, लगायतलाई सँघका उपाध्यक्ष शोभा सीले स्वागत गरेका थिए ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष माइला सीले जनयुद्धलाई जनताको मन र मस्तिष्कमा पुर्याउने काम कलाकारहरुले गरेको धारणा राखे । गीत, संगित साहित्यकारका क्षेत्रवाट ठूलो बलिदान दिन तयार जनशक्ति उत्पादनको भुमिका पनि लेखक कलाकारहरुको रहेको तर्क थियो र यहि अभियानमा च्याङबा लामाहरु हेलिएको र मुक्ति र परिर्वतनका लागि बलिदान दिन तयार भएको बताए । हामी सबै एक सय साठी भन्दा बढी सांस्कृतिक शहिदहरुको मुक्तिको सपना पूरा गर्न लागिरहेको धारणा राख्दै कार्यक्रम समापन गरेका थिए ।