समाजवादी मोर्चाले चैत २० गते गर्ने बृहत अन्तरक्रियाको तयारी पुरा

काठमाडौँ । समाजवादी मोर्चा नेपालको सचिवालयले मोर्चाले चैत २० गते गर्न लागेको बृहत अन्तरक्रिया कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । आज नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय बुद्धनगरमा बसेको मोर्चाको सचिवालयको बैठकपछि नेकपाका प्रवक्ता प्रकाण्ड सीले बृहत अन्तरक्रिया कार्यक्रमको तयारीको पुरा भएको जानकारी दिएका हुन् ।
उक्त बैठकले अन्तरक्रिया कार्यक्रमका वक्ताहरुसमेत ठोस गरेको बताइएको छ । चैत २० गते समाजवादी मोर्चा नेपालले गर्न लागेको उक्त बृहत अन्तरक्रिया कार्यक्रममा बिभिन्न रानीतिक दलका नेता र विज्ञहरुलाई सहभागी गराइने बताइएको छ।
स्मरणीय छ, गत असार ४ गते सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेर समाजवादी मोर्चा नेपाल गठन गरेका थिए भने गत फागुन ६ गते, आईतवार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी बैठकले महासचिव विप्लव सीलाई समाजवादी मोर्चा नेपालको संयोजक तोकेको थियो ।
उक्त मोर्चाको सचिवालयमा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेका छन् ।