भारतद्वारा  बिआरआई लागू नगर्न ब्यापक दबाव

२०८१ बैशाख २१ गते, शुक्रबार

काठमाडौँ ।  भारतले चिनियाँ सरकारको प्रत्यक्ष संलग्नतामा बन्न लागेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना कार्यान्वयन नगर्न    ब्यापक दबाव दिएको खुलाशा भएको  छ । नेपाल कम्युनिस्ट पार्टीले  कछुवा गतिमा नै भएपनि अघि बढिरहेको बिआरआईलाई रोक्न एमसीसी र अमेरिकी कुटनीतिज्ञहरुसँगै भारतले सरकारमाथि दबाव दिइरहेको जनाएको छ ।  भारतले  बिआरआई कार्यान्वयन नगर्न नेता र कर्मचारीलाई काम नगर्न दबाव दिएको  आएको स्रोतको दावी छ  ।

अमेरिकी कुटनीतिज्ञहरुले जिल्ला–जिल्लामा पुगेर सिडिओलाई बिआरआईसँग जोडिएका परियोजनाको काम अघि नबढाउन, एमसीसी परियोजनालाई सुरक्षा दिन, नेकपाको निगरानी बढाउन र नेकपासँग सरकारी कामकाजमा सहकार्य नगर्न दबाव दिएको श्रोतको दावि छ ।

नेकपाका स्थायी समिति सदस्य अनिल सीले अमेरिकीहरुले सरकारमाथि तथा कर्मचारीमाथि दैलोदैलो चाहारेर ब्यापक दबाव दिइरहेकोले राष्ट्रिय स्वाधीनतामा नै चुनौती थपिएको  बताएका छन् ।

स्मरणीय छ, गत मंगलबार काठमाडौं, कमलादीस्थित प्रज्ञा भवनमा भएको पत्रकार सम्मेलनमा नेकपाका महासचिव विप्लव सीले ‘विदेशी हस्तक्षेप तिब्र भएको’ भन्दै यसको संकेतसमेत गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]