‘पार्टी फुट्नु दु:खद,समाजवादी माेर्चालाई भत्कन दिनुहुन्न’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एबम् समाजवादी माेर्चाका संयाेजक विप्लव सीले जनता समाजवादी पार्टी, नेपाल फुट्नु दु:खद भएकाे प्रतिक्रिया दिंदै समाजवादी माेर्चालाई भत्कन नदिने बताएका छन् । मंगलबार नेकपा मधेस प्रदेशको पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।
महासचिव विप्लव सीले उपेन्द्र यादव नेतृत्वकाे जसपा फुट्नुमा साम्राज्यवादकाे हात रहेकाे बताउँदै याे निकै दु:खद भएकाे बताए । उनले
जसपा फुट्नु दुखद भएको बताउदै छिट्टै समाजवादी माेर्चाकाे बैठक बसेर त्यसलाई भत्किन नदिने उद्घाेष गरे ।
महासचिव विप्लव सीले समाजवादी माेर्चाले गति लिन खाेज्दा केही समस्या उत्पन्न भएकाे बताए । उनले माेर्चामा भर्खरै बनेकाे अशाेक राई नेतृत्वकाे पार्टीलाई पनि ल्याउनेबारे पनि छलफल गर्न सकिने बताए ।

महाेत्तरीकाे बर्दिबासमा भएको उक्त पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार उद्घाटनसँगै राजनीतिक वैचारिक प्रशिक्षक कार्यक्रम पनि भएकाे थियाे । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीकाे अध्यक्षता रहेकाे थियाे । उपस्थित सबैलाई नेकपा केन्द्रीय सदस्य रामकुमार सीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए भने कार्यक्रमको संचालन पवन सीले गरेका थिए ।– शोभराज बराल