संसदीय व्यवस्थाको विकल्प खोजौं

२०८१ जेष्ठ ६ गते, आईतवार

यतिबेला देशको राजनीति निकै तरल बनेको छ । संसदवादी दल र नेताका कारण संसद् अनिर्णयको बन्धक बनेको छ । सरकारले चुस्त–दुरुस्त कार्य गर्न सकेको छैन । राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायालयबीच तिक्तता बढेको छ । संवैधानिक अंग राजनीतिक कार्यकर्ता भर्ना गर्ने थलो भएको छ । आपूmलाई लोकतन्त्रवादी ठान्ने र मान्ने संसदवादी दल र नेताहरु लोकतन्त्रको उपहास गर्दै दलगत र व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुब्न पुगेका छन् । संसदवादी दलहरुको रडाकोले देश र जनता आजित भएका छन् । सरकारले राष्ट्रहित र जनहितको कार्य गर्न सकेको छैन । संसदवादी दल र सरकारभित्र देखिएको यो विवादसँगै वैदेशिक शक्तिहरु आफ्नो स्वार्थपूर्तिका लागि नेपाल केन्द्रित भएका छन्, जसको कारण राष्ट्र र राष्ट्रियतामाथि नै आँच आउने सम्भावना बढेर गएको छ । यी तमाम तथ्यहरुलाई हेर्दा नेपालका संसदवादी दल र तिनका नेताहरु देशलाई अग्रगमनभन्दा पश्चगमनतिर धकेल्न खोज्दैछन् भन्ने प्रष्ट हुन्छ ।

१० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त संघीय गणतत्रात्मक व्यवस्था संसदवादी दल र नेताहरुको कारण असफल हुन पुगेको छ । यो कुनै दल र नेता विशेषभन्दा पनि संसदीय व्यवस्थाकै उपज हो, किनकि जबसम्म संसदीय व्यवस्था रहन्छ, तबसम्म सरकार सत्ताका लागि यस्तै लुछाचुँडी भइरहन्छ । यो संसदीय व्यवस्थाले राष्ट्र र जनहित गर्न सक्दैन भन्ने बलियो प्रमाण पनि हो । विगत देखि नै नेपाल कम्युनिस्ट पार्टीले संसदीय व्यवस्थाले राष्ट्र र जनहित गर्न सक्दैन भन्दै आएको थियो, जुन कुरा अहिले आएर सत्य सावित भएको छ । त्यसैले वर्तमान संकटबाट देश र जनतालाई पार लगाउन नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको वैज्ञानिक समाजवाद बाहेक अर्को उत्तम विकल्प हुनै सक्दैन । अहिलेका संसदवादी दल र नेताहरुको हर्कतले पनि अबको समाधान भनेको वैज्ञानिक समाजवाद मात्र हो भन्ने कुराको पुष्टि गरिसकेको छ । संसद्मा बहुमतको नाटक मन्चन गरेर देश र जनता लुट्न पल्केका संसदवादी दल र नेताहरु नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको एजेण्डामा सहमत हुँदै वैज्ञानिक समाजवाद स्थापना गर्न तयार छैनन् किनकि देशमा वैज्ञानिक समाजवाद स्थापना भए, उनीहरुको ब्रह्मलुट चल्ने छैन । देश र जनता यी भ्रष्ट संसदवादी दल र नेताको चंगुलबाट मुक्त हुनेछन् भन्ने उनीहरुलाई ठूलो भय छ । अब पनि यही असफल संसदीय व्यवस्था, संसदवादी दल र नेताहरुको भरोषा गरे देश र जनताको अस्तित्वमाथि ठूलो संकट आउने निश्चित छ ।

तसर्थ, देश र जनतालाई वर्तमान राजनीतिक संकटबाट मुक्त पार्न नेपाल कम्युनिष्ट पार्टीले भने जस्तो जनमतसंग्रह गर्नुको बिकल्प छैन । त्यसकारण तत्काल संसदीय व्यवस्थाको बिघटन गरी जनमत संग्रहमार्फत् जनतालाई व्यवस्थाको फैसला गर्ने अधिकार दिनुपर्छ । जसका लागि सरकाले तत्काल जनमतसंग्रहको घोषणा गरी त्यसलाई कार्यान्वन गर्न प्रगतिशील संयुक्त सरकार गठन गर्नुपर्छ । जुन वर्तमन राजनीतिक संकट समाधानका निम्ति सबैभन्दा लोकतान्त्रिक र सर्वमान्य विधि हुन्छ । अन्यथा जनता जाग्ने छन् । जनता जागे आपूmलाई लोकतन्त्रवादी भन्दै जनतामाथि आफ्नो निरंकुशता लाद्ने संसदवादी दल र नेताहरुको भविष्य चौपट हुने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु