सत्ता स्वार्थका कारण अस्थिरता बढ्यो
२०८१ असार १८ गते, मंगलवार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले सत्ता स्वार्थमा राजनीतिक दलहर केन्द्रित भएको कारण राजनीतिक अस्थिरता झन् बढेर गएको बताएका छन् । उनले राजनीतिक अस्थिरताको केन्द्रमा भू–राजनीतिक शक्ति संघर्ष र सत्ता स्वार्थ केन्द्रीत राजनीतिको परिणाम अर्को कारण भएको बताए ।
महासचिव विप्लव सीले राजनीतिक अस्थिरताको कारण जनसेवा र विकासको मुद्धा ओझेलमा पर्ने र राष्ट्रियतामाथि चुनौती थपिन सक्ने चिन्तासमेत गरेका छन्।