नेकपाद्वारा नेता -कार्यकर्तालाई राहत तथा उद्धारमा जुट्न निर्देशन
२०८१ असार २८ गते, शुक्रबार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत कार्यमा जुट्न नेता – कार्यकर्तालाई निर्देशन दिएको छ। सो पार्टीका महासचिव विप्लव सीले शुक्रबार बिज्ञप्ति जारी गर्दै सो निर्देशन दिएका हुन्।
महासचिव विप्लव सीले विज्ञप्तिमार्फत प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत उपलब्ध गराउन सरकारसँग मागसमेत गरेका छन् ।
पार्टीका महासचिव विप्लव सीले नारायणगढ–मुग्लिन सडक खण्डमा पहिराले दुई वटा यात्रुबाहक यातायातका साधनलाई पहिरोले बगाउँदा ५ दर्जन भन्दा धेरै नागरिक वेपत्ता भएको खबरले पार्टी स्तब्ध भएको समेत बताएका छन् ।