समाजवादी मोर्चा नेपाललाई सुदृढ र फराकिलो बनाइने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले समाजवादी मोर्चा नेपाललाई सुदृढ र फराकिलो बनाइने बताएका छन्। उनले समाजवादी मोर्चा नेपालको संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको अध्यक्षतामा मंगलबार अपरान्ह नेकपा (एकीृकत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चा नेपालको बैठकले उक्त निर्णय गरेको बताए ।
नेकपाका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीका आनुसार मोर्चाको बैठकमा हालसम्म समाजवादी मोर्चा नेपालले गरेका कामका बारेमा गम्भीर समिक्षा भएको थियो। उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकार परिवर्तनको बिषयमा गम्भीर छलफल भएको थियो। बैठकले हालै सरकारमा भएको फेरबदल यथास्थितिवादी र पश्च्यगामी भएको ठहर गर्दै यसले १० बर्षे जनयुद्ध र १९दिने जनआन्दोलनको मर्म माथि प्रहर गरेको ठहर गरेको छ।
यसैगरी, नेकपाका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले मोर्चाको बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल गठन गरेको जानकारी दिए । उनले उक्त कार्यदलमा समाजवादी मोर्चा नेपालका सचिवालय सदस्यहरु रहने बताए ।
यसैगरी, नेकपाका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले नेकपा मशाललगायतका कम्युनिस्ट पार्टीलाई मोर्चामा सामेल गर्न पहल र वार्ता गर्ने जानकारी दिए । उनले मोर्चाको बैठकले महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई मोर्चामा सहभागी गराउने , उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र मोहन विक्रम सिंहको मसाललगायतलाई मोर्चामा आबद्ध गराउन पहल गर्ने र प्रगतिशील र कम्युनिस्टहरूसँग छलफल गर्दै मोर्चामा आबद्ध गराउने निर्णय भएको बताए।
यसैगरी, नेकपाका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले मोर्चाको बैठकले देशभर बाढी पहिरोलागायत बिपद्जन्य घटनामा परि भएको धनजनको क्षतिप्रति दुख:: व्यक्त गर्दै तत्काल उद्धार र राहतमा जुट्न सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको बताए।