समाजवादी मोर्चाद्वारा विपद्जन्य घटनामा तिव्र उद्धार र राहतको व्यवस्था गर्न माग

२०८१ श्रावण २ गते, बुधबार


काठमाडौँ । समाजवादी मोर्चा नेपालले विपद्जन्य घटनाको तिव्रतामा उद्धार, अव्यवस्थित बस्ती एवं जोखिममा परेका जनताको पुर्नवासको व्यवस्था, जीवन गुमाउनेहरुका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरुको निशुल्क उपचारको यथासक्य प्रवन्ध गर्न नेपाल सरकारसंग विशेष माग गरेको छ । समाजवादी मोर्चा नेपालको संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बुधबार एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।
समाजवादी मोर्चाका संयाेजक विप्लव सीद्वारा जारी बिज्ञप्तिमा प्राकतिक प्रकोपका कारण हुन पुगेको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै प्राकतिक प्रकोपका घटनामा परि मृत्युवरण गर्नुहुने सबै नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र मृतकका आफन्तजनहरुप्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
यस बिषयमा समाजवादी मोर्चा नेपालको संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘विगत केही दिनदेखि देशव्यापी रुपमा भइराखेको अविरल वर्षाका कारण चितवनको सिमलताल, कास्की, स्याङजा, तनहुँ, दाङ, कंचनपर लगायत देशका विभिन्न भागमा वाढीपहिरो, डुवान, चट्याङ र कटानका कारण ठुलो संख्यामा जनधनको क्षति हुन पुगेको छ । देश र जनताको जीवनका निम्ति यो अपुरणीय क्षति हो । प्राकतिक प्रकोपका कारण हुनपुगेको क्षति प्रति समाजवादी मोर्चा, नेपाल गहिरो दुख व्यक्त गर्दछ । उपरोक्त घटनामा परि मृत्युवरण गर्नुहुने सवै नागरिकहरुप्रति समाजवादी मोर्चा, नेपाल भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । मृतकका आफन्तजनहरु प्रति गहिरो समवेदना व्यक्त गर्दछ । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
विपद्को यस दुखद घडीमा उद्धारकार्य जारी भएका घटनाको तिव्रतामा उद्धार, अव्यवस्थित बस्ती एवं जोखिममा परेका जनताको पुर्नवासको व्यवस्था, जीवन गुमाउनेहरुका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरुको निशुल्क उपचारको यथासक्य प्रवन्ध गर्न नेपाल सरकारसंग समाजवादी मोर्चा, नेपाल विशेष माग गर्दछ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु