एनपिएलको विजेतालाई १ करोड ११ लाख पुरस्कार

२०८१ मंसिर १५ गते, शनिबार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टिमले १ करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ क्यानले उद्घाटन खेलसँगै आज सो पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार उपविजेताले ५० लाख र तेस्रो स्थानमा रहनेले ३० लाख र चौथो हुनेले २० लाख पुरस्कार पाउने छन् । नेपाली खेलकुद इतिहासमा यो पुरस्कार अहिलेसम्मकै ठूलो हो।
यसअघि अखिल नेपाल फुटबल संघले एक पटक राष्ट्रिय लिगको विजेता थ्री स्टारलाई १ करोड पुरस्कार दिएको थियो। चार टोलीको कुल पुरस्कार राशी २ करोड ११ लाख रूपैयाँ छ। यो पनि नेपाली प्रतियोगिताको सर्वाधिक पुरस्कार हो। कीर्तिपुस्थित त्रिवि मैदानमा शनिबारदेखि सुरु भएको एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ।

प्रतिक्रियाहरु

[anycomment]