समाजवादी गणतन्त्रको स्थापना नै विद्यमान समस्याको सही समाधान हो

२०८२ बैशाख ८ गते, सोमबार

नेपाल कम्युनिस्ट पार्टी निवार्चन आयोगमा दर्ता हुन लागेको प्रचारमा आएको छ । यथार्तता के हो ?

राष्ट्रिय राजनीतिमा यो विषय नितान्त नयाँ त होईन तर महत्वपूर्ण विाषय भने पक्कै हो । हाम्रो पार्टीको नवौ केन्द्रीय समितिको पाँचौ पूणै बैठकले नेपाली राजनीति र नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा प्रतिक्रियावादी राज्यव्यवस्था वा नेपालको सन्दर्भमा दलाल पूँजीवादी राज्यब्यवस्थाले आफ्नो हरेक पाँच–पाँच वर्षमा अगाडि सार्ने संसदीय चुनावबारे नयाँ दृष्टिकोण र विचार अगाडि सा¥यो । २१ औ शताव्दीको श्रमीक वर्गीय क्रान्तिमा पूँजीपति वर्गले जनक्रान्तिको विरुद्ध खोल्ने सबै प्रकारका मोर्चाको सामना एवम् प्रतिवाद गर्ने दृष्टिकोण विकाश नगर्ने हो र बिचारको विकास नगर्ने हो भने क्रान्ति र विजय मृग मरिचिका हुने डरलाग्दो खतरा छ । यसर्थ पार्टीले २०८४ सालमा आयोजना गरिने चुनावको पार्टीको तर्फबाट सामना गर्ने निर्णय लियो । यो निर्णय आफैँमा नयाँ विचार, डरलाग्दो जोखिम र जुनसुकै रुप रङ्गका आधुनिक सशोधनवादी दलालहरुले जिब्रो काढ्ने नीति हो । साम्राज्यवादी दलाल पूँजीवादी र दलाल सशोधनवादीहरुले आफ्नो राजनीतिक स्वार्थ मुताविक भ्रामक र षड्यन्त्रमुलक भाष्य खडा गर्ने मूखर्ता गरिराखेको छ । भ्रम र षड्यन्त्रबाट पुरै सचेत रहन कम्युनिस्ट क्रान्तिकारीहरु, इमान्दार बामपंथीहरु, सच्चा गणतन्त्रवादीहरु, देशभक्तहरु र आम नेपाली जनतामा विशेष अपील गर्दछु । माथि उल्लेखित दृष्टिकोण र नीतिको आवश्यकतामा चुनावी मोर्चाको प्रयोजनको तयारी अन्तर्गत पार्टीले दर्ता प्रकृया शुरुवात गरेको यथार्थ हो ।

देशको राजनीति दिनप्रतिदिन धमिलिंदै गएको छ, यहि समयमा देश र जनताको एजेन्डा उठाउन छोडेर किन पार्टी दर्ता प्रक्रियामा जान थाल्नु भएको हो ?

देशको अवस्था धमिलिदै गएको मात्रै होईन, चौतर्फी सङ्कटग्रस्त बन्दै गएको छ । ईतिहासलाई मात गर्ने गरी समस्या चुलिएको छ । सङ्कटको कारक तत्व संघीय लोकतान्त्रिक गणतन्त्रको जामा पहि¥याइएको दलाल संसदीय व्यवस्था, दलाल राज्य संचालक र यसले पैदा गरेको राष्ट्रघात, जनघात, भ्रष्टाचार, डरलाग्दो निराशा, पलायनता, सामाजिक विकृती र अराजकता हुन । देशको अस्तित्वनै खतरामा पार्ने कहालीलाग्दो अवस्थाबाट देश र नेपाली जनतालाई मुक्त पार्नु अहिलेको राष्ट्रिय आवश्यकता र जनचाहना हो । यसैको परिपूर्तिका निम्ति दलाल संसदीय व्यवस्था र दलाल राज्य संचालकहरुको अन्त्य प्राथमिक सर्त हो । यसका निम्ति नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्व एवम् कार्यकर्ताहरु अनवर्त संघर्ष गरिरहेका छन् । अहिले साम्राज्यवादी रणनीति र प्रतिगामी सामन्ती तत्वहरुले मच्चाएको अराजकता र आतङ्कका विरुद्ध अग्रभागमा रहेर प्रतिवाद गर्ने पार्टी पनि नेपाल कम्युनिस्ट पार्टी नै हो । जहाँसम्म पार्टी दर्ताको सवाल छ यो पनि संघर्षकै मोर्चाको तयारीसँग अन्तर सम्विन्धित भएकोले पार्टी दर्ताको काममा पनि लागेका हौ ।

 कतै पार्टी दर्तासंगै तपाईंहरु पनि संसदीय राजनीतिमा होमिन खोज्नु भएको त होइन ?

पार्टी दर्ता र संसदीय राजनीति एउटै भएको भाष्य खडा गर्न खोजिए पनि यी नितान्त फरक विषय हुन । नेपाल कम्युनिस्ट पार्टी र नेपाली श्रमीक जनताको राजनीति भनेको दलाल संसदवादी नभएर नेपाली विशेषताको समाजवादी हो । संसदीय राजनीति भनेको दलाल पूँजीपतिहरुको राजनीति हो । जसले लाखौं लाख नेपाली जनताको शोषण गर्दछ । राष्ट्रका विरुद्ध घात गर्छ । लुट र शोषणका खातिर भ्रष्टाचार, कमिसन, कालोबजारी, तस्करी, बेलगाम मुल्यवृद्धि, मानव तस्करी गर्दछ । सत्ता र कुर्सीका निम्ति साम्राज्यवादी शक्तिसँग देश एवम् जनताका विरुद्ध सौदावाजी गर्न पुग्दछ । परिणामतः संसदीय राजनीति, संसदीय व्यवस्था र संसदीय नेताहरु देश र नेपाली जनताको जीवन वर्बाद पार्ने आपराधिक तत्वको रुपमा प्रमाणित भएका छन् । दलाल संसदीय व्यवस्थालाई यथाशक्य विस्थापन र दलाल एवम् भ्रष्ट शासकहरुलाई राष्ट्रिय अपराधी करार गरी यथाशीघ्र कारवाही गर्नु नेपाली जनताको तात्कालिक माग र राष्ट्रिय आवश्यकता बनेको हो । उपरोक्त विश्लेषित अवस्थामा देश र नेपाली जनतालाई सङ्कटको भुमरीबाट पार लगाउन नेपाली विशेषताको समाजवादी गणतन्त्रको स्थापना र नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वको राजनीतिक मार्गचित्र अगाडि सारेको नेपाल कम्युनिस्ट पार्टीलाई संसदवादी हुन आएको भनि भ्रम फैलाउनु षड्यन्त्रकारी हर्कतको पनि पराकास्ट हो । यसमा न्यूनतम सत्यता छैन । महान नेपाली जनतालाई यस सवालमा निश्चिन्त रहन विशेष अपिल गर्दछु ।

प्रकाण्ड सी, प्रवक्ता–नेपाल कम्युनिस्ट पार्टी

तपाईंहरुले वर्तमान राजनीतिक संकटबाट देश र जनतालाई मुक्त पार्न गठन गरेको समाजवादी मोर्चा पनि खासै उपलब्धिमुलक भएन भन्ने बहस चलिरहेको छ । के भन्नु हुन्छ ?

पहिलो कुरा समाजवादी मोर्चा नेपाली क्रान्तिकारी राजनीतिक आन्दोनलको वर्तमान स्थितिको उपज हो । यो साम्राज्यवाद र दलाल पूँजीवाद विरोधी राजनीतिक मोर्चा हो । साम्राज्यवादी हस्तक्षेपबाट खतरामा परेका राष्ट्रको स्वाधीनता र दलाल पूँजीवादको जनघातबाट आजित बन्ने पुगेका नेपाली श्रमीक जनताको राजनीतिक स्वाधिनताको निम्ति संघर्ष गर्ने मोर्चा हो । राष्ट्रिय मुक्ति र नेपाली विशेषताको समाजवाद स्थापना गर्नु यसको मुख्य ध्येय हो । यसका निम्ति समाजवादी मोर्चा लागिपरेको छ । हामीले समाजवादी मोर्चालाई पार्टीको रुपमा बुझ्ने र कम्युनिस्ट पार्टीलाई मोर्चाको रुपमा बुझ्ने गल्ती गर्नु हुँदैन । मोर्चालाई देश र जनताभन्दा आफ्नो र आफ््नो पार्टीको स्वार्थसिद्धिको साध्य बनाउने सोचबाट पनि मुक्त हुनु पर्दछ । सत्य कुरा के हो भने समाजवादी मोर्चा बनेर कार्यक्रम अगाडि सारे पछि नै देशका विद्यमान यावत समस्याको समाधान नेपाली विशेषताको समाजवादी ब्यवस्था स्थापना हो भन्ने एजेण्डा राष्ट्रिय राजनीतिमा स्थापित भएको छ । देशको समस्या समाधान र नेपाली जनक्रान्तिका निम्ति यो निकै महत्वपूर्ण कुरा हो । राष्ट्रिय स्वाधीनता र जनअधिकारका निम्ति समाजवादी मोर्चा निरन्तर लागि परेको छ ।

देशमा गणतन्त्र स्थापना भएपछि देश र जनताको अवस्था झन्–झन् नाजुक बन्न पुग्यो भन्ने विश्लेषण गरि“दै छ । के यो साचो हो ?

 दलाल पूँजीवादी वर्गलाई सत्तासिन बनाउन र त्यसको स्वार्थ सुनिश्चित गर्न प्रतिक्रान्तिकारी षड्यन्त्रमार्फत् नेपाली जनताको टाउकोमाथि जबर्जस्त थोपरिएको संसदीय लोकतान्त्रिक गणतन्त्र यसका शासकहरुको नेपाली राजनीतिमा संविधान जारी भएको सात वर्ष र लोकतन्त्रको विधिवत अभ्यास गर्न थालेको ५ वर्ष भित्रै टाट उल्टाई भयो । अहिले देश अभुतपूर्व महाविपक्तीको सामना गरिरहेको छ । यसको मुख्य कारण साम्राज्यवादी हस्तक्षेप, र दलाल पूँजीपतिहरुको राष्ट्रघात एवम् जनघाति हर्कत हो यो निष्कर्ष वस्तुत र व्यवहारत सही हो ।

पछिल्लो समय राजावादीहरुको सक्रियता निक्कै बढेको छ । जसका कारण गणतन्त्रमा संकट पैदा भएको चर्चा चलाईदै छ । यस विषयमा पार्टीको धारणा के छ ?

महान दशवर्षे जनयुद्ध र जनआन्दोलनको बलमा २१ वर्ष पहिले, विधिवत रुपमा १८ वर्ष पहिले नेपाली जनताले सत्ताबाट न्याकेका सामन्ती शासकहरु उपयुक्त समय पाउँदा पुनः सत्तामा फर्किने मूर्खता गरिरहन्छन । यो नयाँ र अनौठो विषय पनि भएन । मुख्य समस्या त दलाल पूँजीवाद र दलाल लोकतन्त्र हो जसले राजावादी बाँदरलाई लिस्नो दियो । दलाल पूँजीवाद र सामन्ती प्रतिगामी हर्कतका विरुद्धको निर्णायक संघर्ष र समाजवादी गणतन्त्रको स्थापना नै विद्यमान समस्याको सही समाधान हो ।

यतिबेला १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको उपलव्धि गुम्ने स्थितिमा पुगेको देखिन्छ । यस विषयमा पार्टीले कस्तो कदम चाल्छ ?

शासकहरुको नालायकीपन र दलाल संसदीय व्यवस्थाको जनविरोधी चरित्रका कारण देश गंभिर र जटिल मोडमा प्रवेश गर्यो । दलालहरुद्धारा गरिएको गणतन्त्रको उपहास नै नेपाली जनताको आक्रोशको उत्कर्ष र साम्राज्यवादीहरुको पछिल्लो षड्यन्त्र एवं हस्तक्षेपको आधार बन्न पुग्यो । साम्राज्यवादीहरुले षड्यन्त्रको हतियार सामन्ती तत्व र सामन्तवादीहरुलाई बनाए । सामन्ती तत्वहरुले २३८ वर्षसम्म नेपाली जनता र देशका विरुद्ध गरेको अपराधलाई ढाकछोप गरेर महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको उपलव्धी गणतन्त्र र जारि जनक्रान्तिका विरुद्ध प्रश्न उठाउँदै वर्वरता र अराजकता मच्चाउने दुस्साहस गरिरहेका छन ।

यतिबेला गणतन्त्रको रक्षाको प्रश्न मुख्य बनेको छ । गणतन्त्रका मुख्य दुस्मन साम्राज्यवाद, दलाल पूँजीवाद र सामन्ती प्रतिगामी तत्वहरु बन्न पुगेका छन । गणतन्त्रको रक्षा गर्नु भनेको उपरोक्त तिनवटा तत्वहरुका विरुद्धको संघर्ष र राष्ट्रिय विजयको सवाल हो ।

जनयुद्ध र जनआन्दोलनका उपलव्धीको रक्षार्थ गणतन्त्रलाई समाजवादी गणतन्त्रमा विकास गरी दलाल पूँजीवाद र लोकतान्त्रिक गणतन्त्रले पैदा गरेका गंभिर समस्याको समाधान जरुरी छ । नेपाली विशेषताको समाजवादी गणतन्त्रको राजनीतिक कार्यक्रमलाई राष्ट्रिय रुपमा अगाडी सारेर नेपाल कम्युनिष्ट पार्टीले राजनीति र संघर्षका क्षेत्रमा नेतृत्व प्रदान गर्नेछ ।

वर्तमान राजनीतिक संकटवाट देश र जनतालाई कसरी बचाउन सकिन्छ । यस विषयमा पार्टीले कस्तो कदम चाल्छ ?

दलाल पूँजीवादी संसदीय व्यवस्था र दलाल संचालकका कारण देश र जनताको जीवनमा पैदा भएका समस्याको वस्तुनिष्ट समाधान जनताको राज्य व्यवस्था र देश एवं जनता प्रति इमान्दार र समर्पित नेतृत्व हो । त्यो भनेको नेपाली विशेषताको समाजवादी गणतन्त्र र नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व हो । यसका निम्ति पार्टी पुरै तागतका साथ लागि परेको छ ।

तपाईंले भने जस्तो समाजवादी गणतन्त्रको स्थापना सम्भव छ त् ? के संसदवादी दलहरु समाजवादी गणतन्त्रका लागि सहमत हुन् सक्लान त ?

देशलाई नेपाली विशेषताको समाजवादी गणतन्त्रमा लिनु बाहेक विद्यमान समस्याको समाधान गर्ने अर्को तात्कालिक कार्यक्रम नै छैन । यो नै देशलाई संकटबाट मुक्त गर्ने राजनीतिक कार्यक्रम वा अस्त्र हो । दलाल पूँजीवादी र सामन्ती प्रतिगामी तत्व वाहेक देश र नेपाली जनताको हित चाहने पार्टी र शक्तिहरु समाजवादी गणतन्त्रमा जानैपर्छ ।

तपाईंले भने जस्तो व्यवस्था र अवस्थाका लागि जनताले कहिलेसम्म पर्खनु पर्ने हो ? के यो सम्भव छ ?

देशमा विकसित घटनाक्रम, प्रतिगामी षड्यन्त्र र दलाल पूँजीवादले निम्त्याएको राष्ट्रिय संकटलाई एक ठाँउमा राखेर निष्कर्ष निकाल्नु भयो भने नेपाली विशेषताको समाजवादी व्यवस्था निकट भविश्यको विषय बन्दै भएको छ । यो संभव मात्र होइन अनिवार्य भइसक्यो ।

अन्त्यमा केही भन्न चाहनु हुन्छ ?

 देशको विशिष्ट र जटिल स्थितिमा पार्टीको विचार प्रवाह गर्ने अवसर दिनुभयो । यसका निम्ति क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक र राजेन्द्र चिमौरिया जीलाई आभार सहित धन्यवाद व्यक्त गर्दछु । पत्रिकाको गुणात्मक प्रगतिको कामना । धन्यवाद ।

प्रतिक्रियाहरु

[anycomment]