प्र.न्या.लाई प्रधानमन्त्री बनाउन खोज्नु गम्भिर षडयन्त्र: गौरबप्र.न्या.लाई प्रधानमन्त्री बनाउन खोज्नु गम्भिर षडयन्त्र: गौरब

काठमाडौं । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल ‘गौरब’ले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन खोज्नुमा गम्भिर षडयन्त्र भएको बताएका छन् । सिन्धुलीमा आयोजित विरोधसभामा उपाध्यक्ष गौरबले नेताहरुले हातमा कमाण्डलु लिएर हिंड्न पनि सुझाए ।अहिले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर न्यायालय ध्वस्त बनाउने, भोली प्रधानसेनापतिलाई बनाएर सेना कमजोर बनाई राष्ट्र भारतको हातमा जिम्मा लगाउने षडयन्त्र भएको उनको दावी थियो ।एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईलाई १ नम्बर र २ नम्बरको राष्ट्रघाती गद्दारका रुपमा आफ्नो पार्टीको लिस्टमा चढिसकेको र त्यसपछि सुशील कोइराला र झलनाथ खनालको प्रतिपर्धा रहेको समेत उपाध्यक्ष गौरबले बताए । विरोधसभामा गजुरेलले ‘राष्ट्रघाती’लाई देश निकाला गर्ने चेतावनी समेत दिए । ‘अब हामी हतियार उठाउँदैनौ । तर, देश बचाउन जस्तोसुकै कुर्वानी दिन तयार छौं’ उपाध्यक्ष गौरबले भने, ‘अब कम्युनिष्ट, कम्युनिष्ट एक होऔंको नारा हैन अब देशभक्त एक हौं भन्ने हो ।’ देशभक्तहरुको संयुक्त मोर्चा बन्ने तयारी रहेको समेत गौरब’ले बताए ।