अध्यक्ष रेग्मीको जग्गा कब्जा

२०६९ चैत्र २१ गते, बुधबार


काठमाडौ । नेकपा – माओवादीको पहलमा भूमिहीन किसानले अन्तरिम चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीको बर्दिया खैरीचन्दनपुर गाविसमा रहेको करिव १५ विगाहा जग्गा कब्जा गरेका छन्। रेग्मीसँगै उनका ससुरा लक्ष्मी प्रसाद शर्माको ३५ विगाहा र स्थानिय जमिनदार युवराज शर्माको ६५ विगाह गरी करिव १ सय १५ विगाहा जग्गा कब्जा गरेका छन् ।
चुनावी सरकारको अध्यक्षमा नियुक्ती भएर चुनावको नौटङ्कीमा उत्रेका प्रधानन्यायधिस खिलराज रेग्मीले अविलम्व राजीनामा दिनुपर्ने माग गर्दै जग्गा कव्जा गरिएको नेकपा- माओवादीका जिल्ला सेक्रेटरी द्रव्य शाह (सुमन) ले जानकारी दिएका छन्। उनले जनयुद्धको समयमा पनि जग्गा कव्जा गरिएको तर किसानहरुको समस्या समाधान नभएको वरु प्रचण्ड र वावुरामले फिर्ता गर्दै हिडेकाले भूमिहिनहरुको अधिकार रक्षाका लागि जग्गा कब्जा गर्नुपरेको वताए। रेग्मीले राजिनामा नदिए यसैगरी उनको सम्पूर्ण सम्पत्ती कव्जा गरिने चेतावनी दिए। वुधवार विहान ५ वजे करिव ४ सय जना माओवादीका कार्यकर्ता र स्थानियवासीहरुको प्रयासवाट झण्डा गाडेर उक्त जग्गा कव्जा गरिएको उनले जानकारी दिए।

प्रतिक्रियाहरु

[anycomment]