चार नेता सम्राट हुन खोजे : किरण

२०६९ चैत्र २७ गते, मंगलवार

काठमाडौ, रेडियो मिर्मिरेको छैटौं बाषिर्कोत्सवको अबसरमा नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले चार राजनीतिक दलका चार नेता नेपालका नयाँ सम्राट हुन खोजेकाले समस्या थपिएको बताए। उनले उनीहरुको हालीमुहाली र तानाशाहीपनको खारेज गर्न आफुहरु आन्दोलनमा रहेकोले प्रत्येक देशभक्तहरुले साथ दिनुपर्ने पनि बताए । उनले चार राजनीतिक दल संवैधानिक हैसियत नभएकाले उसले बोलाएको वार्तामा नजाने बरु उनीहरुसँग छुट्टाछट्टै राजनीतिक दलका हैसियतले वार्ता गर्न सक्ने बताए ।
‘चार दलको आहृान अस्वीकार्य छ, हाम्रो आन्दोलन अगाडि बढेको छ’ भन्दै उनले अगाडि भने, ‘संसदवाद नेपालमा असफल भई सकेको छ, उनीहरुले दलीय ब्यवस्था खत्तम पारेका छन् ।’ उनको विचारमा जसको हातमा बन्दुक छ, त्यसको हातमा संविधान हुने हुँदो रहेछ । सोको विकल्प खोज्न उनले अपिल पनि गरे ।

प्रतिक्रियाहरु

[anycomment]