३३ दलले मुलुकभर अन्तक्र्रिया र विरोधसभा गर्ने

२०६९ चैत्र २७ गते, मंगलवार

काठमाडौं , खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद र उसले गर्ने भनेको निर्वाचनको सशक्त विरोध गर्दै आन्दोलन गर्दे आएको नेकपा–माओवादीसहित विभिन्न ३३ दलले अर्को चरणको विरोधको कार्यक्रम तय गरेका छन् । नेकपा–माओवादीको पार्टी कार्यालय बुद्धनगरमा बसेको ३३ दलको बैठकले बर्तमान सरकारको विरोधमा राजधानीमा बृहत अन्तक्र्रिया र मुलुकभर विरोधसभा गर्ने निर्णय गरेको हो । ३३ दलले चैत्र ३० गते काठमाडौंमा बृहत अन्तक्र्रिया गर्ने र वैशाख ४ गते मुलुकभर विरोध प्रर्दशन गर्ने भएका छन् । बैठकले मन्त्रिपरिषद् निर्माणका क्रममा भएको चार दलीय सहमति सच्याउने प्रतिवद्धताका साथ वार्ता र संवादको पहल कदमी लिन पुन राष्ट्रपतिको ध्यानाकर्षणसमेत गराएको छ । आन्दोलनरत दलहरूले चैत्र १ गते चार दलबीच भएको सहमति खारेज गर्नुपर्ने र सबै राजनीतिक दलहरूसँगको सहमतिमा मात्रै निर्वाचन सम्बन्धी गतिविधि बढाउनुपर्ने निष्कर्षसमेत निकालेको छ । गठबन्धनले आन्दोलनका क्रममा सरकारले आफूहरूमाथि दमन गरेको भन्दै विरोध जनाएको छ । बैठकमा मातृका यादव नेतृत्वको नेकपा माओवादीलगायतका समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]