राजदूतमा रायको नाम प्रस्ताव

काठमाडौं, – वर्तमान राजदूत जयन्त प्रसादको कार्यकाल सकिनै लाग्दा भारतले नेपालका लागि नयाँ राजदूतमा रञ्जित रायको नाम प्रस्ताव गरेको छ । वर्तमान राजदूत जयन्त प्रसादको कार्यकाल अगष्टमा सकिँदै छ । काठमाडौंस्थित भारतीय दूतावास स्रोतका अनुसार रायको एग्रिमो स्वीकृतिका लागि परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति कार्यालय शीतल निवास पुगिसकेको छ । राय अहिले भियतनामका लागि राजदूत हुन् । उनी सन् २०१० जुनबाट भियतनामका लागि भारतीय राजदूत छन् । २५ फेब्रुअरी १९५७ मा जन्मिएका राय सन १९८० मा भारतीय कूटनीतिक सेवामा प्रवेश गरेका थिए । उनले सन २००२ बाट झण्डै ४ वर्र्षसम्म भारतीय विदेश मन्त्रालयको नेपाल–भुटान डेस्कको सह–सचिवको जिम्मेवारी निर्वाह गरेका थिए । त्यसपछि उनी बोस्नियाको राजदूत भएका थिए ।