माओवादीको नेतृत्वमा आन्दोलनको घोषणा

२०७० बैशाख ७ गते, शनिबार

काठमाडौं , नेकपा-माओवादीलगायत ३३ दलीय मोर्चाले औपचारिकरुपमै सरकारको वार्ता प्रस्ताव अस्वीकार गर्दै चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । माओवादीको पार्टी कार्यालयमा सम्पन्न मोर्चाको कार्यदलको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो । आन्दोलनका क्रममा चुनाबी प्रक्रियालाई रोक्नेदेखि लिएर लैनचौरस्थित भारतीय दूताबास घेराऊसम्म गर्ने भएको छ ।

आन्दोलनका कार्यक्रमहरु यस प्रकार रहेको छ :

-बैशाख ८ गते बिहान १० बजे, मतदाता नामावली संकलन र नागरिकता वितरण कार्यक्रम तत्काल स्थगित गर्ने मागसहित प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउने ।

-बैशाख १४ गते दिउँसो १२ बजे निर्वाचनसम्बन्धी अध्यादेश, बाधा अड्काऊ फुकाउने आदेश र राष्ट्रिय हित विपरीत बनाइएको नाकरिताविशेधय र यसले पार्ने प्रभावबारे राजधानीमा अन्तरक्रिया गर्ने ।

-अबैध र अनधिकृत रुपमा बिराटगरमा पारवहन नियमन गर्ने बाहनामा भारतले खोलेको कार्यालय तत्काल हटाइनुपर्ने । यसका लागि बैसाख १६ गते भारतीय दूतावासमा जुलुससहित ज्ञापनपत्र बुझाउने ।

-बैशाख १८ गते मे दिवसलाई विरोध सभाका रुपमा मनाउँदै राजधानीको बसन्तपुर र देशका प्रमुख औद्योगिक शहरहरुमा कार्यक्रम गर्ने ।

बैशाख २० गतेदेखि मसान्तसम्म रेग्मी सरकारको बर्खास्तगी र १९५० का सन्धीलगायत पूर्व मेची र महाकालीबाट मार्च पास एवं स्वाभिमान यात्रा शुरु गर्ने र बैसाख मसान्तसम्म राजधानी आउने ।

प्रतिक्रियाहरु

[anycomment]