अवैधानीक माहबाणिज्य दुताबास खारेज गर: ३३ दल

२०७० बैशाख १६ गते, सोमबार

काठमाडौं , नेकपा माओवादी लगायतका ३३ दलले आज भारतीय दुतावासमा बिरोध पत्र बुझउँदै अवैधानीक ढंगले स्थापना गरेको माहबाणिज्य दुताबास खारेज गर्न माग गर्दै छन् । माओवादी लगायत ३३ दलले बिराटनगरमा भारत सरकारले माहबाणिज्य दुताबास खारेज गर्न माग गरेका हुन् । दिउसो २ बजे र्याली सहित दुतावासको कार्यालय लैनचौरमा पुगि बिरोध पत्र बुझाउने नेकपा माओवादीले जनाएको छ ।
भारतले बिराटनगरमा अवैधानीक रुपमा माहबाणिज्य दुताबास खोली नेपाली भुमिमा भारतीय झण्डा राखेको छ । सरकारले महवाणिज्य दुतावास हुटाउन कुटनीतिक तवरबाट आग्रह गरेपनि भारतले अटेर गर्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]