एमाओवादी र एमालेबीच झडप

२०७० बैशाख १७ गते, मंगलवार


काठमाडौ । निर्वाचन आयोगमा पार्टी दर्ताको बिषयलाइ लिएर एकीकृत नेकपा माओवादी र एमालेबीच झडप भएको छ । निर्वाचन आयोगमा पार्टी दर्ताको बिषयलाई लिएर दुई पार्टीबीच झडप भएको हो ।
पहिलो नम्बरमा पार्टी दर्ता गर्न पाउनु पर्ने भन्दै एमाले र माओवादी कार्यकर्ताबीच निर्वाचन आयोग परिसरमै झडप भएको हो । पहिलो नम्बरमा पार्टी दर्ता हुनु पर्ने माग गर्दै दुइ दलका कार्यकर्ता झडपमा उत्रेका हुन् ।
विहान १० वजे निर्वाचन आयोगको कार्यालय खुल्नुअघि नै पुगेका दुई दलवीचको पहिले आएको भन्ने विषयमा विवाद भएको हो । विवादसँगै झडप हुनसक्ने भएपछि निर्वाचन आयोगमा प्रहरी परिचालन गरिएको छ। को पहिले आएको र कसको नाम सूचीको पहिलो स्थानमा हुने भन्ने विषयमा केन्द्रीय नेताहरुबीच नै हात हालाहालको स्थित बनेपछि प्रहरी परिचालन गरिएको हो। प्रहरीका अनुसार अहिले सम्वन्धित व्यक्तिबाहेक अरुलाई बाहिर निकालिएको छ। दुबै दलका ४०-५० जना दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए।
दुई दलको विवाद नमिलेपछि दर्ताको लागि पुगेका अरु दलका नेताहरु पनि आयोगको ढोका बाहिरै छन् । आयोग परिसर बाहिर एकीकृत माओवादी र एमाले सहित राप्रपा नेपाल, नेकपा माले, माले समाजवादी लगायतका दलका नेताकार्यकर्ताको चहलपहल छ ।

प्रतिक्रियाहरु

[anycomment]