३३ दलले दल दर्ता प्रक्रिया बहिस्कार गर्ने

२०७० बैशाख १७ गते, मंगलवार

काठमाडौं । मंगलबारबाट सुरु भएको दल दर्ता प्रक्रिया नेकपा-माओवादीसहितका ३३ दलले बहिस्कार गर्ने भएका छन् । माओवादी पार्टी कार्यालय बुद्धनगरमा बसेको ३३ दलको बैठकले २५ बुँदे बाधा अड्काउ फुकाउ ओदश खारेज नभएसम्म दल दर्ता नगर्ने निर्णय गरेको हो । ‘चैत्र १ गतेको २५ बुँदे प्रतिगामी र असंवैधानिक आदेश बदर नहुँदासम्म कुनैपनि दलले दल दर्ता नगर्ने बैठकले निर्णय गरेको छ । बैठकले २० गते २ घण्टा कान्तिपथमा चक्काजाम गर्दै निर्वाचन आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने समेत निर्णय गरेको छ ।बैठकले वैशाख २५ गतेदेखि जेठ १४ गतेसम्म मेची-महाकाली राष्ट्रिय स्वाधीनता अभियान सञ्चालन गर्ने र नागरिकता वितरण कार्यक्रमलाई बन्द गराउन प्रत्येक जिल्लामा विरोध प्रदर्शन र सभा गर्ने निर्णय गरेको छ । बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टचारीको अभियोग लागेका र रायमाझी आयोगद्वारा दोषी ठहर्याएका व्यक्तिलाई नियुक्त नगर्न सम्बन्धित पक्षलाई चेतावनी दिएको छ ।३३ दलले राज्यले अवलम्वन गर्ने कुनैपनि निर्वाचन प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आधारमा सुनिश्चित गर्न समेत माग गरेका छन् ।


प्रतिक्रियाहरु

[anycomment]