अव राष्ट्रघातिहरूविरुद्ध लडाइँ हुनेछ: विप्लव

२०७० बैशाख १९ गते, बिहीबार

काठमाडौं । एकसय चौबिसौ मे दिवसको अवसरमा नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द बिप्लवले सेना, प्रहरी, देशभक्त जनता र आफ्नो पार्टी मिलेर राष्ट्रियताको लडाइँ लड्नुपर्ने बेला आएको बताएका छन ।अखिल नेपाल टे्रड युनियन महासङ्घले मे दिवसको >सरमा आयोजना गरेको कार्यक्रममा सम्वोधन गर्दै सचिव बिप्लवले नेपालबाट विदेशीका दलालहरूलाई लखेट्न आवश्यक रहेको उल्लेख गरे। उनले भने -” देश गुमे माओवादीको मात्रै गुम्दैन । सेना, प्रहरी, जनता सबैको गुम्छ । अब हुने लडाइँ सेना, प्रहरी विरुद्ध हुने छैन , यो देशमा रहेर विदेशीको लागि काम गर्ने राष्ट्रघातिहरूविरुद्ध त्यो लडाइँ हुनेछ । “
सरकारले आफ्ना माग पूरा नगरी बलजफ्ती निर्वाचन गराउन खोजेर शान्ति भाँड्न खोजेको बताउँदै बिप्लवले सरकारले आफूहरूविरुद्ध दमन गरे त्यसको प्रतिरोध गरिने बताए । उनले भने – “राष्ट्रिय स्वाधिनताको रक्षा र जनतालाई अधिकार सम्पन्न गर्ने दुई माग हाम्रा हुन् । युद्ध चाहदैनौ भने हामीले राखेको माग पुरा गर ।”सरकारले हतियार फिर्ता गर्न दिएको समयसीमाप्रति सङ्केत गर्दै उनले भने, “सरकारले माओवादीसँग भएको २२ वटा हतियार बुझाउ भनिरहेको छ । त्यति हतियारले के हुन्छ र त्यस्ता २२ वटा हतियार त यहाँ एउटै डनले राखेका छन् ।”
कार्यक्रममा मजदुर महासङ्घका संयोजक रामदीप आचार्यले २५ सुत्रीय माग पुरा गराउन अभियान सुरु गर्न लागिएको जानकारी दिँदै आफूहरूको सहमतिबिना गरिने कुनैपनि सम्झौता नमान्ने उल्लेख गरे।

प्रतिक्रियाहरु

[anycomment]