बर्तमान सरकारसँग वार्ता हुन सक्दैन : किरण

२०७० बैशाख २१ गते, शनिबार


काठमाण्डौ । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले राष्ट्रपति, बर्तमान सरकार, सरकारी वार्ता टोली र चार दलीय संयन्त्र कसैसँग वार्ता हुन नसक्ने स्पष्ट पारेका छन । अध्यक्ष किरणले आफूहरुको मागको विषयमा कोही पनि टसको मस नदेखिएकोले बार्ताको सम्भावना टरेको बताए । ‘उच्चस्तरीय राजनीतिक समितिको हैसियत छैन । रिपोर्टर्स क्लबले शनिवार आयोजना गरेको साक्षात्कारमा किरणले भने, ‘यो सरकारको हामीले बर्खास्तीको माग गरेका छौँ त्यसैले यीनीहरुसँग वार्ता हुन सक्दैन ।’
राष्ट्रपतिसँग औपचारिक रुपमा नभए पनि अनौपचारिक रुपमा भने वार्ता हुने सम्भावनालाई नकारेनन । उनले भने, ‘राष्ट्रपतिसँग चाँही अनौपचारिक रुपमा वार्ता गर्न सकिन्छ तर औपचारिक वार्ता हुँदैन ।’ आफूहरुले अघि सारेको चार दलवीच भएको ११ बुँदे, राष्ट्रपतिले जारी गरेको २५ बुँदे वाधा अड्काउ फुकाउ, वर्तमान सरकारलाई बर्खास्त गरेर गोलमेच सम्मेलन मार्फत दलको नेतृत्वमा सरकार बनाउने माग पुरा गर्ने विषयमा सकारात्मक देखिए बार्ता हुने सम्भावना भने कायमै रहेको किरणको भनाइ थियो ।

प्रतिक्रियाहरु

[anycomment]