कार्की नियुक्ति प्रकरणको बिरोधमा बिद्यार्थीहरु सडकमा

२०७० बैशाख २४ गते, मंगलवार


काठमाडौ, – लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति सिफारिश गरिएको बिरोधमा बिभिन्न बिद्यार्थी संगठनले बिरोध प्रदर्शन थालेका छन् । बिरोध प्रदर्शनका कारण राजधानीका बिभिन्न स्थानमा सवारी आवागमन ठप्प भएका छन् । बिद्यार्थीहरुले आरआर, शंकरदेव क्याम्पससहिद देशभरका क्याम्पस अगाडि चक्काजाम गरिरहेका छन् । आज बिहानदेखि आरआर क्याम्पस अगाडि बिरोध प्रदर्शन गरिरहेका बिद्यार्थीहरुलाई प्रहरीले चारैतिरबाट घेरेर राखेको छ ।
शंकरदेव क्याम्पसका बिद्यार्थीले पुतली सडक चोकमा गरेको बिरोधका कारण सडकमा सवारी ठप्प छन् ।चार बिद्यार्थी संगठनको हिजो बसेको बैठकले कार्कीलाई अख्तियार प्रमुखमा सिफारिश गरिएको बिरोधमा आन्दोलन को घोषणा गरेका थिए । बिद्यार्थीहरुले आज दिउासो राष्ट्रपतिलाई कार्कीलाई नियुक्ति नगर्न ज्ञापनपत्र बुझाउने भएका छन् ।अनेरास्ववियु, नेपाल बिद्यार्थी संघ र अनेरास्ववियु -क्रान्तिकारी) ले संयुक्त आन्दोलन थालेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]