आगामी ३० गते नेपाल बन्द

२०७० बैशाख २५ गते, बुधबार

काठमाडौँ, ३३ दलीय मोर्चाको आज बसेको बैठले आगामी बैशाख ३० गते नेपाल बन्द गर्ने लगायतको निणय गरेको छ । बैठकले गरेका निणयहरु यस प्रकार रहेको छ – २६ गते ३ बजे लैनचौर खानी विभागबाट जुलुश ४ बजेसम्म राष्ट्रपति कार्यालय घेराउ ,२७ गते रत्नपार्कबाट पुत्ला जुलुश सहित पुत्ला दहन , २८ गते ६ बजे सुन्धाराबाट मसाल जुलुश , २९ गतेपनि विभिन्न चोकबाट मसाल जुलुश, १३ विद्यार्थी सङ्गठनद्वारा आयोजना गरिएको नेपाल बन्दलाई र्समर्थन , ३० गते नेपाल बन्द , निर्वाचन आयोगको नामावली संकलन कार्यक्रमलाई देशव्यापी जनपरिचालन सहित रोक्ने ।

प्रतिक्रियाहरु

[anycomment]