३३ दलले अख्तियार घेरे

२०७० बैशाख ३१ गते, मंगलवार


काठमाडौँ, । नेकपा माओवादीसहितका ३३ दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिको विषयलाई लिएर आज आयोगको कार्यालय घेराउ गरेका छन्। ३३ दलले आयोग प्रमुखमा कार्कीको नियुक्ति असंवैधानिक भन्दै त्यसको विरोधमा बिहान नौदेखि ११ बजेसम्म आयोगको कार्यालय घेराउ गरेका हुन् । तीन दल र मधेसी मोर्चाबीच गत चैतको अन्तिममा भएको ११ बुँदे सहमति तथा २५ बुँदे बाधा अड्काउ फुकाउ अध्यादेशको खारेजीको माग गर्दै नेकपा माओवादीसहितको ३३ दलले आन्दोलन जारी राख्दै आएका छन् । उनीहरुले चार दलको सहमतिको खारेजी माग राख्दै आएका छन्।

प्रतिक्रियाहरु

[anycomment]