चुनावी नाटकमा सहभागी हुदैनौ : विप्लब

काठमाडौ । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लबले माओवादी यत्तिकै निर्वाचन आयोगमा दर्ता भएर चुनावी नाटकमा सहभागी नहुने बताएका छन ।कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा आयोजित अनेरास्ववियु (क्रान्तिकारी)को स्ववियु चुनावसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्न पुगेका नेता विप्लबले पत्रकार सम्मेलनमा पार्टीले राखेका सर्त पूरा नहुन्जेलसम्म निर्वाचनमा कुनै पनि हालतमा नजाने अडान दोहोर्याए ।स्ववियु चुनावलाई लक्ष्य गरी गरिएको कार्यक्रममा माओवादी केन्द्रीय साँस्कृतिक मञ्चका कलाकारले साँस्कृतिक कार्यक्रम प्रस्तुति गरेका थिए ।यसैगरी , सचिव विप्लबले अनेरास्ववियु( क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसले आयोजना गरेको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा सरकारले आफूहरूलाई हतियार माग्ने निहुँमा दमन गर्न खोजेको भन्दै आत्मसमर्पण नगर्ने बताए । कर्मचारीका हातमा मुलुक सुम्पेर दलहरूले मुलुकको भविष्य ध्वस्त पारेको समेत उनको आरोप थियो ।