मेची महाकाली अभियान सुरु

काठमाडौं , नेकपा माओबादीसहित ३३ दलहरुले आजबाट मेची महाकाली अभियान सुरु गर्दैछन् । बर्तमान सरकारविरुद्ध आन्दोलनरत ३३ दलहरुले आज कञ्चनपुरको महेन्द्रनगरमा अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । अभियान उद्घाटनका लागि नेकपा माओबादी अध्यक्ष मोहन बैद्य सहित शीर्ष नेताहरुका साथै अन्य दलका नेताहरु महेन्द्रनगर पुगेका छन् । ३३ दलहरुले चैत १ गते भएको आदेश खारेज लगायतका बिभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् ।
चार दलका एकल निर्णयमा प्रधानन्यायधिशलाई प्रधानमन्त्री बनाइएर चारदीलय सिन्डिकेट लागु भएको ३३ दलको आरोप छ । तर बर्ताबाट सहमति खोज्न ३३ दललाई सरकार तथा राजनीतिक समितिले पटक पटक बार्तामा आउन आग्रह गरेपनि अहिले नै बार्ता नगर्ने भन्दै सडक संघर्षमा लागेका छन् ।