घुम्ती शिविर वहिस्कार गर्नेमाथि प्रहरीद्वारा गोलि प्रहार

२०७० जेष्ठ १ गते, बुधबार

काठमाडौं । नेकपा-माओवादी कार्यकर्ताले सुर्खेतको मैनतडा गाविसको जहरेमा स्थानीय प्रशासनले गर्न लागेको घुम्ती शिविरमा वहिस्कार गर्ने क्रममा तनाव भएको छ। वहिस्कार नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रृ ग्यास प्रहार गरेको छ। अवरोधकर्ताले प्रहरीमाथि ढुंगा हानेका छन् । माओवादी कार्यकर्ताले प्रहरीलाई लखेट्ने प्रयास गरिरहेका छन् । त्यसक्रममा २ जना प्रहरी घाइते भएका छन् ।सो सम्बन्धमा भेरी कर्णाली राज्य समितिका ईञ्चार्ज माया प्रसाद आचार्य पारसमणिले जारि – गरेको प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार को छ – “आज गेठ २ गते बिहान १०.३० बजे सुर्खेत जिल्ला मैनतडा गाविस जहरे स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अगाडि कठपुतली सरकारले संचालन गरेको नागरिकता र मतदाता नामावली संकलनको शान्तिपूर्ण विरोध कार्यक्रममा एक्कासी हजारौं प्रहरी परिचालन गरी निर्मम ढंगले लाठी चार्ज, कैयौं राउण्ड अश्रु ग्यास र गोली प्रहार गर्रिको घतनाको घटनाको हामी घोर निन्दा र भत्र्सना गर्दछौं । गोली प्रहारबाट क सहबीर महर, क टेक बहादुर तिरुवा र क राम बहादुर बि कगरी ३ जना गंभीर घाईते र लाठी चार्जबाट दर्जनौं प्रदर्शनकारीहरु घाईते हुनु भएको छ । जनआक्रोशबाट आत्तिएको यो गैर संवैधानिक कठपुतली सरकारले हाम्रो पार्टीका केन्द्रीय सदस्य क भरत बम रणवीर, भेक राज्य समिति सदस्य क जेबि सुनार, क तुलसी पौडेल, क सोम बहादुर राना, क खगेन्द्र बुढा, क टोप बहादुर चलाउने, क देव बहादुर चलाउने, क कुल बहादुर परियार र पूर्ण बहादुर परियार गरी ९ जनालाई गिरफ्तार गरिएको छ ।
हामी यो फासिस्ट निर्दलीय सरकारलाई राजनैतिक सहमति वेगर गरिएको यस प्रकारका हर्कतहरु तुरुन्त बन्द गरी घाईते साथीहरुको सम्पूर्ण उपचार गराउन र गिरफ्तार गरिएका सम्पूर्ण कमरेडहरुको बिना शर्त अविलम्ब रिहाई गर्न जोडदार माग गर्दछौं । अन्यथा फासिस्ट र दमनकारी तरिकाले अगाडि बढेमा त्यसबाट उत्पन्न हुने परिणामको जवाफदेही स्वयं यो कठपुतली सरकार हुने कुरा पनि अवगत गराउन चाहन्छौं ।”


प्रतिक्रियाहरु

[anycomment]