नयाँ सहमति गर्नुको विकल्प छैन : किरण

२०७० जेष्ठ २ गते, बिहीबार

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पुराना सहमतिको अस्तित्व समाप्त भएकाले मुलुकको निकाशका लागि अब नयाँ सहमति गरेर अघि बढ्नुपर्ने बताएका छन । रिपोर्टर्स क्लबले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष किरणले यसअघि विभिन्न समयमा गरिएको १२ बुँदे लगायतका सहमतिको अस्तितव समाप्त भइसकेको भन्दै नयाँ सहमति आवश्यक रहेको बताए ।उनले ठूला भनाउँदा चार दल असफल भइसकेकाले अब नयाँ सहमति खोजिनुपर्ने माग गर्दै चार दलले गरेको सहमति खारेज हुनुपर्ने बताए । किरणले वर्तमान सरकारको खारेजीसँगै लोकमानसिंह कार्कीलाई अख्तियारमा गरिएको नियुक्ति खारेजी र मतदाता नामावली संकलनका नाममा विदेशीलाई नागरिकता वितरण गर्ने प्रक्रिया नरोकिएसम्म कुनै सहमति नहुने बताए ।उनले मुलुकको राजनीतिक अवस्था जटिल अवस्थामा पुगेको भन्दै सबै दल बसेर नयाँ सहमति गर्नुको विकल्प नरहेको दाबि गरे ।

प्रतिक्रियाहरु

[anycomment]