मूलुक गम्भीर मोडमा:किरण

२०७० जेष्ठ ४ गते, शनिबार

काठमाडौ , नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले चार दलीय सिन्डिकेटले मूलुक गम्भीर मोडमा फस्दै गएको बताएका छन । बैतडीको पाटनमा सेतीमहाकाली राज्य समितिको बैठकमा प्रशिक्षण दिदै अध्यक्ष किरणले मुलुकको राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आन्दोलनमा होमीन कार्यकर्ताहरुलाई निर्देशन दिए ।
उनले चार दलीय सिन्डिकेट तोड्न आफ्नो गठबन्धन बलियो र विस्तार हुँदै गएकोले चार दललाई घुँडा टेक्न बाध्य पार्ने दावी गरे ।रेग्मी नेतृत्वको सरकारलाई रिमोट कन्ट्रोलबाट संचालित भएको आरोप लगाउँदै किरणले निर्दलीय सरकारले गरेका हरेक गतिविधिहरुले वाह्य शक्ति हावी हुदै गएकोमा चिन्ता व्यक्त गरे ।
२ दिने प्रशिक्षणपछि अध्यक्ष किरण चमेलिया जलविद्युत आयोजनाबारे वुझ्न दार्चुला पुगेका छन।

प्रतिक्रियाहरु

[anycomment]