चर्चित डन विरुद्ध विशेष अदालतमा मुद्धा दायर

२०७० जेष्ठ ५ गते, आईतवार

काठमाडौं,– सम्पत्ति शुद्धिकरण विभागले चर्चित डनहरु चक्रेमिलन, दिपक मनाङे, अभिषेक गिरि, पर्शुराम बस्नेत र गणेश लामा विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । विभागले चर्चित डन भनेर चिनिएका पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । विभागले लामो समयको अनुसन्धानपछि गणेश लामा, चक्रे मिलन, दीपक मनांगे, अभिषेक गिरी र पर्शुराम बस्नेतविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । विभागले गणेश लामाले अवैधरुपमा २७ करोड १ लाख ६१ हजार ५८ रुपैयाँ गुण्डागर्दीबाट आर्जन गरेको भन्दै मुद्धा दर्ता गरेको छ । उनको मुद्धा दर्ता नगर्न शक्तिकेन्द्रले ठूलै चलखेल गरेका थिए । पछि अन्तिम समयमा उनको मुद्धा दर्ता गरिएको हो । लामा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन् । यसैगरी, दीपक मनांगे भनेर चिनिने राजीव गुरुङले १४ करोड ७३ लाख ३१ हजार, कृष्ण बस्नेत भनिने एमालेसम्बद्ध युवा संघका केन्द्रीय सदस्य पर्शुराम बस्नेतले ११ करोड ६१ लाख ४१ हजार ९ सय ७७ रुपैयाँ, चक्रे मिलनले ७ करोड ८ लाख १७ हजार २ सय २६ रुपैयाँ र विराटनगरमा पर्शुरामका प्रतिद्वन्द्वीका रुपमा चिनिएका अभिषेक गिरीले २ करोड ९४ लाख ४० हजार ५ सय ८८ रुपैयाँ ७२ पैसा गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोग लगाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]