रेग्मी सरकारले चुनाव गराउन सक्दैन : बादल

२०७० जेष्ठ ५ गते, आईतवार

काठमाडौ, । नेकपा-माओवादीका महासचिव रामबहादुर थापा बादलले खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकारले चुनाव गराउने हैसियत नभएकाले आगामी मंसिरमा पनि निर्वाचन हुने नसक्ने वताएका छन् ।क्रान्तिकारी पत्रकार महासंघ पर्साले आइतवार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा बादलले चार दलीय गठबन्धनले गरेको २५ बुँदे सहमति खारेज नगरेसम्म वार्ताको कुनै औचित्य नभएको वताए । उनले आफुहरु वार्ता र चुनाव विरोधी नभएको समेत स्पष्ट पारे । बादलले,’कुनै पनि विदेशी प्रभुहरुले गरेको निर्णय स्वीकार्य हुन नसक्ने बताउदै शासन सत्ताको बाग्डोर राजनीतिक दलहरुकै हातमा आउनु पर्ने बताए। उनले गोलमेच सम्मेलन मार्फत संविधान निर्माण गर्नु पर्ने धारणा व्यक्त गरे ।
उनले गोलमेच सम्मेलन माओवादीको अन्तिम विकल्प भएको र माग पुरा नभए सशक्त सडक संघर्ष गर्ने चेतावनी दिए । एमाओवादीका अध्यक्ष प्रचण्डले बहालवाल प्रधानन्यायाधीश रेग्मीलाई सरकारको जिम्मेवारी दिएर न्यायपालिका ,कार्यपालिका र व्यवस्थापिका तीनवटै शक्ति एउटै व्यक्तिमा केन्दि्रत गरी आफ्नो स्वार्थ सिद्ध पुरा गर्न लागि परेको बादलको कथन छ । उनले भारतकै योजना र दबाबमा प्रतिगमनकारी लोकमानसिंह कार्कीलाई चार दलले अख्तियार प्रमुख बनाएको ठोकुवा समेत गरे ।

प्रतिक्रियाहरु

[anycomment]