निर्वाचनमा सहभागी हुदैनौ : बैद्य

काठमाडौ, – नेकपा-माओवादी अध्यक्ष मोहन बैद्यकिरणले आफ्नो सर्त पूरा नभएसम्म संविधानसभामा निर्वाचनमा सहभागी नहुने बताएका छन् ।’कृष्ण सेन इच्छुक सप्ताह तथा उनी मरेका छैनन्’ नाटकको उदघाटन गर्दै अध्यक्ष किरणले भने ‘सरकार र चारदलीय संयन्त्रसंग अनौपचारिक वार्ता भइरहेको छ, हाम्रा सर्त पूरा नहुन्जेलसम्म त्यो वार्ताको अर्थ छैन’ उनले भने ।आफ्ना सर्त स्पष्ट भएकाले कुनै पनि हालतमा सम्झौता गर्न नसकिने उनले बताए । ‘हामीले जनता र राष्ट्रियताका मुद्दा उठाएका छौं,’ उनले भने ‘कसैले हामीलाई सम्झौता गर्छन भन्ने सोचेका छन् भने तीनले हामीलाई बुझेका छैनन् ।’एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै उनले क्रान्तिaका दलाल र धोकेवाजको आरोप लगाए । सरकारले राष्ट्रियता र जनजिविका मुद्दा उठाउँदा दमन गरे त्यसले गम्भीर परिणाम ल्याउने उनले बताए । सिद्धान्त र राजनीति विनाको संविधानसभा निर्वाचनको अर्थ नभएको भन्दै उनले त्यो जनतालाई झुक्याउने अर्को खेल भएको बताए ।
चुनावी सरकार अध्यक्ष खिलराज रेग्मी नेतृत्व सरकारलाई खारेज गरेर दलको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन पर्ने उनले बताए । संविधानसभाको वकालत गर्नेहरुले नै भ्रुण हत्या गरेको भन्दै उनले अब त्यसको कुनै अर्थ नभएको उनले बताए ।