पत्रकार इच्छुकको स्मृति दिवस मनाइँदै

२०७० जेष्ठ १३ गते, सोमबार

काठमाडौ, जेठ १३ – पत्रकार कृष्णसेन इच्छुकको ११ औं स्मृति दिवस आज सोमबार बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार विहान क्रान्तिकारी पत्रकार संघको आयोजनामा काठमाडौको शान्ति बाटिकाबाट प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै इच्छुक सांस्कृतिक प्रतिष्ठानले पनि काठमाडौमा विशेष कार्यक्रम गर्दैछ ।क्रान्तिकारी पत्रकार महासंघले पनि पत्रकार सेनको स्मृतिमा सोमबार विहान प्रभातफेरि र भृकुटीमण्डपमा महेन्द्र पुलिस क्लब अगाडि कोणसभा गरेको छ । जनसांस्कृतिक महासंघको अगुवाइमा ‘उनी मरेका छैनन्’ शीर्षकको नाटक पनि प्रदर्शन गरिँदैछ ।
पत्रकार सेनलाई २०५९ साल जेठ ६ गते पक्राउ गरी १३ गते अर्थात आजकै दिन तत्कालीन महेन्द्र पुलिस क्लबमा हत्या गरिएको थियो । पत्रकार सेन जनदिशा दैनिकको सम्पादक, लेखक तथा साहित्यकार थिए ।
सेनका ‘शोकाञ्जली’ शोककाव्य, ’इतिहासको यस घडीमा’ कवितासंग्रह लगायतका साहित्यिक कृति प्रकाशित छन् । उहाँका विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा दर्जानौं फुटकर कविताहरु प्रकाशित छन् ।

प्रतिक्रियाहरु

[anycomment]