‘फोहरोको डुङगुरमा टुप्पीमात्र देखिने गरि बसेका प्रचण्डसँग एकता हुन्न:बिप्लव

२०७० जेष्ठ १३ गते, सोमबार

चितवन । नेकपा माओवादीका नेता नेत्रबिक्रम चन्द ‘बिप्लव’ले एमाओवादीसंग एकता हुनै नसक्ने बताएका छन। चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले फोहरको डुङगुरमा टुप्पि मात्र देखिने गरी बसेका प्रचण्डसग अहिले पार्टि एकता हुन नसक्ने बताएका हुन् । क्रन्तिको झण्डालाई बिदेशीका पाउमा लगेर बुझाइदिने र झिंगा बस्ने ठाउँमा बस्न रुचाउने प्रचण्ड र उनको पार्टी एकीकृत माओबादीसँग अहिलेको अबस्थामा पार्टि एकताको गुन्जायस नभएको बताउदै चन्दले, क्रान्तिलाई धोका दिएको स्वीकार गरेर, माफी माग्दै जनयुद्धको उत्तराधिकारी पार्टि नेकपा – माओबादीको बिचार र नीतिलाई माने मात्र एकता सम्भब रहेका बताएका छन्।केही दिन यता पार्टी एकताको लागि मोहन वैद्य सहित नेत्रविक्रम चन्द बिप्लव प्रचण्डसंग वार्तामा रहेको हल्ला सार्वजनिक भइरहँदा चन्दको यस्तो प्रतिक्रिया आएको हो।उनको यस्तो प्रतिक्रिया संगै चुनावअघी नेकपा-माओवादीसंग कम्तिमा कार्यगत एकता गर्ने प्रचण्डको प्रयास तुहिएको टिप्पणी गरिएको छ। –माओबादीको अखिल क्रान्तिकारी बालकुमारी इकाई नारायणगढले आज कलेजमा आयोजना गरेको उम्मेदवार घोषणा सभा कार्यक्रममा बोल्दै चन्दले लेण्डुप दोर्जे प्रबृतिहरुका कारण देश इतिहासकै जोखिम मोडमा उभिएको टिप्पणी गरेका थिए ।नेकपा–माओबादी पार्टी भइन्जेल राष्ट्रबादीहरु निरास हुन नपर्ने बताउदै सचिब बिप्लवले सबै राष्ट्रबादी शक्तिहरुसग मिलेर स्वाधिन नेपाल बनाउन तयार रहेको घोषणा गरे । उहाले निर्बाचन घोषणा भएको भोलि पल्टबाट नै नेपालमा नयाँ खालको आन्दोलन र बिद्रोह शुरु हुने चेताबनी पनि दिए ।

प्रतिक्रियाहरु

[anycomment]