ठोक्न सके ठोक: बादल

राष्ट्रिय स्वाधिनताको रक्षा र असंवैधानिक कदम खारेजीको माग गर्दै ३३ दलले सुरु गरेको मेची काली अभियान आज राजधानीको खुल्लामञ्चमा आएर सम्पन्न भएको छ ।सरकारले मुलुकमा विभिन्न जिल्लामा जारी राखेको नागरिकता वितरणमा गैरनेपालीलाई नेपाली नागरिकता दिइएको भन्दै त्यसको विरोधमा ३३ दलले सुरु गरेको मेची–काली अभियान आज राजधानीमा जनसभा गरी सम्पन्न गरिएको हो ।३३ दलले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि चैत्र १ गतेको असंवैधानिक र प्रतिगामीपूर्ण कदम खारेजी गरिनुपर्ने राष्ट्रिय हित प्रतिकुल नागरिकता वितरण कार्य तत्काल रोकिनुपर्ने माग गर्दै आएका छन् ।साथै चार दलिय सिन्डिकेटको अन्त्य गरिनुपर्ने लगायतका माग पनि उनीहरुले राख्दै आएका छन् । काठमाडौं । राष्ट्रिय स्वाधिनताको रक्षा र असंवैधानिक कदम खारेजीको माग गर्दै ३३ दलले सुरु गरेको मेची काली अभियान आज राजधानीको खुल्लामञ्चमा आएर सम्पन्न भएको छ ।सरकारले मुलुकमा विभिन्न जिल्लामा जारी राखेको नागरिकता वितरणमा गैरनेपालीलाई नेपाली नागरिकता दिइएको भन्दै त्यसको विरोधमा ३३ दलले सुरु गरेको मेची–काली अभियान आज राजधानीमा जनसभा गरी सम्पन्न गरिएको हो ।३३ दलले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि चैत्र १ गतेको असंवैधानिक र प्रतिगामीपूर्ण कदम खारेजी गरिनुपर्ने राष्ट्रिय हित प्रतिकुल नागरिकता वितरण कार्य तत्काल रोकिनुपर्ने माग गर्दै आएका छन् ।साथै चार दलिय सिन्डिकेटको अन्त्य गरिनुपर्ने लगायतका माग पनि उनीहरुले राख्दै आएका छन् ।
‘मेची-काली राष्ट्रिय स्वाधिनता अभियान समापन’मा बोल्दै नेकपा-माओवादीका महासचिव रामबहादुर थापा बादलले सरकारले ३३ दलको आन्दोलन दमनको तयारी गरिरहेको आरोप लगाएका छन् । महासचिव बादलले भने, ‘सरकार नेकपा-माओवादीसंग हतियार छ, नबुझाए ठोक्छौं भन्दैछ, सके ठोक्न चेतावनी दिन्छौ ।’राष्ट्रिय स्वाधिनता र जनजिविकाका सवालमा कसैसंग सम्झौता नगरिने भन्दै उनले सहिद बन्न र बलिदानी दिन तयार रहेको बताए । चुनावी सकारका अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले संविधानसभाको चुनाव गर्न नसक्ने दावी पनि उनले गरे ।
विस्तारवाद र साम्रज्यवादको चंगुलमा बनेको सरकारले विदेशीको इशरामा चल्न बाहेक अरु केही नगर्न सक्ने बादलले बताए । नेकपा -माओवादी) का संयोजक मातृका यादवले राष्ट्रपति रामवरण यादवले दौरासुरुवाल, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भ््टाराईले टोपी लगाउंदैमा राष्ट्रियता संरक्षण नहुने बताए । ‘राष्ट्रियता खतरामा छ, त्यसको लडाईको लागि हामीले ल््नै पर्छ’ उनले भने ।वार एशोसियनका पूर्व अध्यक्ष शम्भु थापाले अहिलेको सरकाले चुनाव गर्न नसक्ने ठोकुवा गरे । चार दलका नेताले व्याख्या गरे अनुसार लोकतन्त्रको परिभाषा नहुने पनि उनको जिकिर थियो ।