आज रुपन्देही बन्द

२०७० जेष्ठ १६ गते, बिहीबार


काठमाण्डौं । हिरासतमा मारिएका शैलेन्द्र यादबको प्रतिबेदन सार्बजनिक नगरेको , बिदेसीलाई नागरिकता बितरण बन्द गर्नुपर्ने र आफ्नो कार्यकर्तामाथि लगाएको झुट्टा मुद्दा खारेज गर्नुपर्ने भन्दै नेकपा–माओवादीले आज रुपन्देही जिल्ला बन्द गराएको अबध राज्य सेक्रेटरी उमा भुजेलले बताइन। वन्दका कारण बुटवल र भैरहवा भएर चल्ने सवारीका साधन चल्न सकेका छैनन् ।बुटवल र भैरहवा बन्द भएका कारण पूर्व पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा गाडी चलेका छैनन् । शिक्षण संस्था र बजार पनि बन्द छ ।
जिल्ला स्तरिय कार्यकर्ता पर्देशी यादवमाथि झुट्टा मुद्दा लगाइएको भन्दै र जिल्ला सदस्य शैलेन्द्र यादबको हिरासतमा ज्यान गुएको घटनाको छानवीन प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गर्दै नेकपा–माओवादीले बन्द आव्हान गरेको हो । बन्द सफल बनाउन शान्तिपूर्ण बिरोधमा निस्किएका नेकपा – माओवादीका जिल्ला सह-सेक्रेटरी शरद वली सहितका ४५ जना कार्यकर्तालाई प्रहरीले पक्रेको छ ।

प्रतिक्रियाहरु

[anycomment]