दल दर्ता अलपत्र

२०७० जेष्ठ १६ गते, बिहीबार

काठमाडौं , दुनियाँका कुनै पनि प्रजातान्त्रिक मुलुकमा निर्वाचनको तिथिमिति नतोकिकन दल दर्ताको आहृवान नै गरिँदैन । तर, यहा चार दल र त्यसको बुइ चढेर बनेको सरकारको आदेशमा निर्वाचन आयोगले दल दर्ताको आहृवान गरेको थियो । देशको प्रमुख क्रान्तिकारी शक्ति नेकपा-माओबादीले यस्तो प्रतिगमन कारी कदमको बिरोध गरेपछि दल दर्ता अलपत्र परेको छ ।निर्वाचन आयोगले आह्वान गरेको औचित्यहीन दल दर्ताको समय आजबाट सकिँदैछ । अहिले सम्म आयोगमा ७५ वटा दल दर्ता भएका निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार आजका लागि पनि दुईवटा दल दर्ताको प्रक्रियामा छन् । तर सरकार विरोधी आन्दोलनमा रहेका नेकपा–माओवादी लगायतका दलले भने अझै दल दर्ता गरेका छैनन् । नेपाल हाल एक सय दश भन्दा बढि दलरहेको पाइए पनि दर्ताभने थोरैले मात्र गरेका छन् । साना दलहरुले १० हजारको हस्ताक्षर बुझउनु पर्ने आयोगको सर्तको बिरोध गर्दै दर्ता नगरेका हुन् भने अन्य केहि दलहरुले सरकार बिरोधी आन्दोलनमा रहेको र चुनाव बहिष्कार गर्ने अभियानमा लागेकोले दल दर्ता नगरेको बुझिएको छ । सोचे अनुरुप दल दर्ता नभएको निर्वाचन आयोगले बताएको छ ।
यसअघि ०६४ सालमा भएको संविधासभाको चुनावमा ७४ वटा दल दर्ता भएका थिए भने ५४ वटाले संविधानसभामा भाग लिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]