झुट्ठा मुद्दा खारेजीको माग

२०७० जेष्ठ १६ गते, बिहीबार

काठमाडौँ, हिरासतमा मारिएका शैलेन्द्र यादबको प्रतिबेदन सार्बजनिक नगरेको , बिदेसीलाई नागरिकता बितरण बन्द गर्नुपर्ने र आफ्नो कार्यकर्तामाथि लगाएको झुट्टा मुद्दा खारेज गर्नुपर्ने भन्दै नेकपा–माओवादीले आज रुपन्देही जिल्ला बन्द गराएको छ । बन्द सफल बनाउन शान्तिपूर्ण बिरोधमा निस्किएका नेकपा – माओवादीका जिल्ला सह-सेक्रेटरी शरद वली सहितका ४५ जना कार्यकर्तालाई प्रहरीले पक्रेको छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्ताक्षेप गरी कार्यकर्ता पक्राउ गरेपछि अनेमसंघ क्रान्तिकारीकोसंयोजक जयपुरी घर्तिले प्रेस वक्तव्य जारीगरी विना सर्त रिहाइको माग गरेकी छिन । यस सम्बन्धमा उनले जारी गरेको प्रेस वक्तव्यको पूर्ण बिबरण यस प्रकार छ- ‘आज देश राजनैतिक संकटग्रस्त बनिरहेको छ । दण्डहिनता अराजकता र राष्ट्रियता विरोधी गतिविधिहरु तिव्र बन्दै गएको छ । कुर्चि बाहिर रहदा राष्ट्रियताको संकट देख्ने नेताहरु कुर्चिमा पुगेपछि विर्सने नियती नै बनेको छ । संविधान निर्माणको क्रममा उठेको ज्वलन्त मुद्दामध्ये नागरिकता सम्बन्धि मुद्दा पनि एक हो । विशेषतः भारतीय सिमा क्षेत्रमा यो समस्या बढ्दो छ । भारतीय नागरिकहरुले नेपाली नागरिक बनेर नेपाली नागरिकता लिनेहरुको संख्या हजारौं पुगिसकेको छ । यो विषयलाई गम्भिर रुपमा लिएर कार्यवाहीको प्रक्रिया अगाडि बढाउनुको सट्टा यो प्रक्रियाको विरोध गर्ने नेपाली नागरिकको गिरफ्तार र झुट्ठा मुद्दा लगाएर कार्यवाही गर्नेतिर सरकार उद्वत रहेको छ । यही सिलसिलामा रुपन्देही जिल्लामा खटिएका नागरिकता घुम्ती शिविर टोलीलाई गैर नेपालीलाई नागरिकता दिन पाइदैन भनेर सचेत गराउँदा नेकपा-माओवादीका रुपन्देही जिल्ला सदस्य परदेश यादवलाई यही जेठ ९ गते गिरफ्तार गरी सार्वजनिक मुद्दा लगएको छ । यसरी राष्ट्र र राष्ट्रियताको पक्षमा लाग्ने निर्दाेष नेपाली नागरिकलाई गिरफ्तार र झुट्ठा मुद्दा लगाउनु सरकारको राष्ट्रियता विरोधी गतिविधि हो । यो प्रक्रियाको हाम्रो संगठन अनेमसंघ क्रान्तिकारी केन्द्रीय समिति घोर निन्दा एवं भ्रत्सना गर्दछ । साथै गिरफ्तार गरिएको परदेश यादवलाई विना सर्त स-सम्मान रिहाइको माग गर्दछ ।
परदेश यादवको गिरफ्तारी झुट्ठा मुद्दा खारेजी र विना सर्त रिहाइको माग गर्दै नेकपा-माओवादी रुपन्देही जिल्लाले आयोजना गरेको रुपन्देही बन्दको क्रममा आज विहान ७ बजेतिर रुपन्देही भैरहवाबाट हाम्रो संगठनको केन्द्रीय सदस्य, मधेश क्षेत्रिय इन्चार्ज तथा रुपन्देही जिल्ला पार्टी सेक्रेटरी बन्धु चन्द, जिल्ला सह-सेक्रेटरी सरद ओली, राज्य सदस्य नविना चौधरी, महिला संगठनको जिल्ला उपाध्यक्ष उषा पाठक, राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय सदस्य पुजा कार्की र नविन रोका लगायत एक दर्जनभन्दा बढी बन्दकर्ताहरुलाई गिरफ्तार गरिएको छ । उक्त गिरफ्तारी नेपाली नागरिक र राष्ट्रि्रयता विरोधी सरकारको रवैया हो भन्ने हाम्रो संगठनको ठहर छ । नागरिकप्रतिको निन्दनीय र लाचारी गतिविधिले यो सरकारको आयुप्रति प्रश्न चिन्ह खडा गरेको छ । सरकारको यस्तो गतिविधिप्रति हाम्रो संगठन खेदप्रकट गर्दछ । साथै २०६३ सालमा जन्मका आधारमा नागरिकता प्रदान गरिएका व्यक्तिका सन्तानलाई बंशजको आधारमा नागरिकता वितरणको लागि जारी गरिएको अध्यादेशको खारेजी र अहिले वितरण भइरहेको नागरिकता प्रक्रियालाई रोक्न जोडदार माग गर्दछ । जायज माग राखेर गरिएको रुपन्देही बन्दको समर्थन गर्दै बन्दको क्रममा गिरफ्तार पर्नु भएका बन्धु चन्द लगाएत सम्पूर्ण बन्दी साथीहरुको विना सर्त रिहाइको माग गर्दछौं अन्यथा सरकारको विरुद्ध हाम्रो संगठन कडा कदम चाल्न बाध्य हुनेछ ।’

प्रतिक्रियाहरु

[anycomment]