मलाई कायर नसम्झीनुस प्रचण्ड कमरेड : पदम

२०७० जेष्ठ १७ गते, शुक्रबार

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई थप्पड हानेर चर्चामा आएका पदम कुँवरले उक्त घटनालाई आफूले सामान्य बनाउन खोजेपनि अझै मुद्धा खेपिरहेको बताएका छ । शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर प्रचण्डले सार्वजनिक रुपमा माफि दिएको भन्ने कुरा नाटक भएको भन्दै आफूले लगातार तारिक बोकिरहेको कुँवरले बताए ।
यो बीचमा आफूले एमाओवादी अध्यक्ष दाहाललाई भेट्न खोजेको कुँवरले बताए। ‘तर सहयोगीहरुले भेट्न दिएनन’, उनले भने- ‘अब प्रचण्डलाई भेट्ने पनि कुनै इच्छा छैन।’गत कात्तिक मसान्तमा एमाओवादीले नेपाल सम्वत् ११३३ का अवसरमा राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा कुँवरले दाहाललाई थप्पड हानेका थिए। शुभकामना लाइनमा बसेर कुँवरले दाहालसँग हात मिलाएपछि देब्रे गालामा चड्कन लाइदिएका थिए। दाहालको दलले आफ्ना अध्यक्षमाथि थप्पड हान्ने कार्य ‘नियोजित षड्यन्त्र’ भनेको थियो। तर दाहालले भने कुँवरप्रति आफ्नो साहनुभूति भएको र माफी दिएको बताएका थिए।काठमाडौं जिल्ला प्रशासनले दाहाललाई थप्पड हानेको अभियोगमा दोषी ठहर गर्दै कुँवरलाई २८ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। धरौटी बुझाउन नसकेपछि जेल चलान भएका कुँवरलाई मुक्त गर्न सर्वसाधारणले पैसा जम्मा पार्न थालेपछि दाहालले आफैँ पैसा दिएर मुक्त गराएका थिए।
नेपाली जनतालाई सुन्दर सपना देखाएर जनयुद्धमा लगाइयो तर अहिले उनीहरुलाई सडकमा छोडेर प्रचण्ड छाटे राजा बन्दै महलमा गएकाले त्यसो नगर्न आफूले सुझाब स्वरुप प्रचण्डलाई हानेको दाबी गर्दै कुँवरले भने ‘जनयुद्धका शहीद, घाइते, वेपत्तामाथि घात भयो त्यसो नगर्नुस् मात्र भनेको हु ।’प्रचण्डले सार्वजनिक रुपमा मुद्धा फिर्ता लिइसकेको भन्दै नाटक मात्र गरेको बताउँदै आफूलाई १५ दिनको फरकमा जिल्ला प्रशासन काठमाडौंमा तारिक बोकिरहेको कुँवरले बताए । पत्रकार सम्मेलनमा कुँवरले जनयुद्धका नेतृत्वकर्ताहरु वर्गको राजीति छोडेर छोटे राजा बन्दै अर्बपति बन्ने योजनामा लागेको, भोकविलासीता, नातावाद, कृपावाद, स्त्रीमोहमा रम्दै शहिद, घाइते, अपांग र वेपत्ता परिवारको वेवास्ताको फलस्वरुप प्रचण्डलाई आफूले हानेको दाबी गरे ।अफूले घटनालाई टुङ्ग्याएर सामान्य जीवन बिताउन चाहेपनि त्यो बातावरण नभएको नभएको पदमले सो क्रममा बताए । आफूलाई प्रचण्डले दुख दिनै चाहेको हो भने आफू पनि तयार रहेको समेत कुँवरले बताए । आफूसँग अझै तातो र रातो रगत बाँकी रहेको नजिस्काउन चेतावनी चेतानवी दिदै कुँवरले भने – मलाई कायर नसम्झीनुस्, प्रचण्ड कमरेड मैले जनयुद्धमा धेरै कुरा गुमाइसकेको छु , तर तपाईको धेरै कुरा बाँकी छ ।’

प्रतिक्रियाहरु

[anycomment]