चार दलको स्याल हुइयाँ – चुनाव ध्वस्त, सरकार त्रस्त

२०७० जेष्ठ १८ गते, शनिबार

काठमाडौँ । असारभित्र चुनाव गराउनुपर्ने चार दलको निर्देशनलाई आत्मसात गर्दै सरकारको बागडोर सम्हाल्न पुगेको प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार अन्ततः चार दलकै कारण असक्षम सावित भएर बाहिरिने प्रायः निश्चित भएको छ । चार दल, असारभित्र चुनाव गराउने वातावरण तयार गरिदिने वाचा दिएर सरकारमा पुर्याइएका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अहिले घर न घाटको बनाउन उद्दत भएका छन् । असारमा चुनाव गराउने उद्देश्यका साथ गठन भएको सरकारले असार लाग्न लाग्दासमेत चुनाव मिति घोषणा गर्न सकेको छैन । यो सरकारको लागि सबैभन्दा लाजमर्दो विषय बनेको छ ।चार दल अहिले सरकारलाई चुनावी वातावरण बनाइदिन भन्दा पनि विगार्न उद्यत भएका छन् । चुनावको थितिमिति नै घोषणा नभइ दल दर्ताको लागि निर्वाचन आयोगलाई बाध्य पार्ने तर निर्वाचनसम्बन्धी ऐन कानुनीमा सहमति नगरी बल्झाइ रहनुले यस कुराको पुष्टि हुन्छ । असारसम्ममा जुनसुकै हालतमा चुनाव गराउनुपर्ने भन्दै सरकारलाई दबाब दिँदै आएका चार दलले निर्वाचनसम्बन्धी ऐन शंसोधनमा सहमति नगरी कार्यदल गठन गरेर चुनावलाई र्टार्न खोजेको प्रष्ट हुन्छ । चार दलको यही रवैयाको कारण अब मंसिरमा समेत चुनाव हुन नसक्कने पक्का पक्की भएको राजनीतिक वृत्तमा चर्चा चल्न थालेको छ । चार दलको आफ्नै कारणले अहिलेसम्म सरकारले चुनावको मिति घोषणा गर्न नसकेको यथार्थतालाई पचाउदै अब सरकार समक्षम भएको बताउन थालेको छ । चार दलका शीषस्थ नेताहरु र्सार्वजनिक कार्यक्रममा प्रत्यक्ष वा परोक्ष ढंगले सरकार असक्षम भएको र अब उसले राजीनामा गर्नुपर्ने माग अघि र्सार्न थालिसकेका छन् । नेपाली का“ग्रेसका सभापति सुशील कोइरालाले चार दल र सरकारसहितको बैठकमा खुलेरै रेग्मी सरकारको राजीनामा मागी सकेको तथ्य र्सार्वजनिक भइसकेको छ । चार दलकै लिडेँढिपीका कारण आफू सरकारमा पुगेको र अहिलेसम्मको आफ्नो छवि चार दलकै कारण ध्वस्त हुने भएपछि प्रधानमन्त्री खिलराज रेग्मी अहिले निकै हिनताबोध गरिरहेको बताइन्छ । चार दलकै कारण अब आफूले. मंसिरमा समेत चुनाव गराउननसक्नेमा प्रधानमन्त्री खिलराज रेग्मी स्पष्ट भइसकेको बताइन्छ । त्यसैकारण अब रेग्मी सरकार मुखमा चुनाव भन्ने व्यवहारमा आफ्नो आयु लम्बयाउने तिर लागेको छ । जुन कुरा सरकारका पछिल्ला कार्य र निर्ण्यले समेत पुष्टि गरेको छ ।


प्रतिक्रियाहरु

[anycomment]