चारदलीय समिति असंवैधानिक शक्तिकेन्द्र

काठमाडौं ,२१ जेठ। प्रधान न्यायाधिशको नेतृत्वको सरकारविरुद्ध आन्दोलनरत नेकपा-माओवादी, मधेसी जनअधिकार फोरम र संघीय समाजवादी पार्टीले उच्चस्तरीय राजनीतिक समिति असंवैधानिक शक्तिकेन्द्र भएको ठहर गरेका छन् । संघीय समाजवादी पार्टीको केन्द्रीय कार्यालय महाराजगञ्जमा तीन दलका शीर्ष नेताबीच भएको छलफलले उच्चस्तरीय समिति खारेजीलाई पहिलो शर्त बनाएका छन् ।