चुनाबको सर्बत्र बिरोध

२०७० जेष्ठ ३१ गते, शुक्रबार

काठमाडौ, जेठ ३१ – आफुहरुको माग संबोधन नगरी सरकारले एकातर्फी रुपमा चुनाबको मिति घोषणा गरेको भन्दै सरकार विरुद्ध आन्दोलन गरिरहेका दलहरुले चुनावमा भाग नलिने र आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।रिपोटर्स क्बले गरेको कार्यक्रममा उनीहरुले यथास्थितिमा चुनाव हुनै नदिने दावी गरे । आफुहरुको माग संबोधन नगरी सरकारले एकातर्फी रुपमा चुनाबको मिति घोषणा गरेको भन्दै उनीहरुले आन्दोलन चर्काउने चेताबनी दिएका हुन् ।
संघीय समाजवादी पार्टी नेपालका महासचिव राजेन्द्र श्रेष्ठले यथास्थितिमा चुनावमा जानु संकट ल्याउनुबाहेक केही नहुने भन्दै मंसिरमा घोषणा गरिएको चुनाव नहुने ठोकुवा गरे । उनले आन्दोलनबाट चुनाबको नयाँ मिति घोषणा हुने पनि दावी गरे ।
४ सय ९१ को संख्यालाई यथावत राख्दासम्म चुनावमा भाग नलिने भन्दै श्रेष्ठले सदस्य संख्या ६ सय हुनुपर्ने र चारदलीय संयन्त्र खारेज हुनुपर्ने बताए ।
मधेसी जनअधिकार फोरम नेपालका महासचिव रामसहायप्रसाद यादवले एकतर्फी चुनाव घोषणापछि सरकारसँगको वार्ता भंग भएको घोषणा गर्दै अब संयुक्त आन्दोलनमा जाने चेतावनी दिए । अहिलेको अवस्थामा चुनावमा भाग लिनुको अर्थ छैन भन्दै चुनावमा भाग नलिने बताए ।
संघीय लोकतान्त्रिक मोर्चा नेपालका नेता पर्शुराम तामाङले सरकारले यथास्थितिमा चुनाव घोषणा गरेर आफूहरुलाई बहिस्कार गर्ने बाटो तर्फ धकेकेको आरोप लगाउँदै यथास्थितिमा निर्वाचन हुनै नसक्ने ठोकुवा गरे ।क्रान्तिकारी क्यूनिष्ट पार्टीका महासचिव मणि थापाले सरकारले घोषणा गरेको चुनाव ध्वस्त पार्दै नयाँ युद्धमा जाने चेतावनी दिए ।

प्रतिक्रियाहरु

[anycomment]