असार २ गते नेपाल बन्द

२०७० जेष्ठ ३१ गते, शुक्रबार

काठमाडौ, ३१ जेठ । नेकपा- माओवादीसहितका ४२ राजनीतिक दलले संविधानसभा निर्वाचनको मिति घोषणाको विरोधमा नेपाल बन्दसहितको आन्दोलन घोषणा गरेका छन् ।
सरकरले बिहीबार निर्वाचनको मिति घोषणा गरेको विरोधमा आज नेकपा–माओवादीसहितका ४२ दलले शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका छन्। असंवैधानिक रुपमा निर्वाचनको घोषणा गरिएकाले जनताको पक्ष्ँमा विरोध गर्न बाध्य भएको आन्दोलनकारी दलले बताएका छन । विरोध सभामा नेकपा–माओवादीका उपाध्यक्ष्ँ सिपि गजुरेल गौरबले सरकारले घोषणा गरेको निर्वाचनलाई सफल हुन नदिने दाबीगरेका छन् । गौरबले चार दल र सरकार भारतीयको इसारामा चलेको भन्दै राजनीतिक सहमति नभएसम्म संविधानसभाको निर्वाचन भई संविधान नबन्ने बताए ।
सरकार एकलौटी रुपमा अघि बढेको भन्दै निर्वाचनको मिति घोषण, २५ बुँदे बाधाअड्काउ फुकाउ सहमति र ११ बुँदे सम्झौता खारेज हुनुपर्ने माग ४२ दलले राखेका छन् । कार्यधक्रममा मातृका यादवले नेतृत्व गरेको नेकपा, माओवादीका संयोजक मातृकाप्रसाद यादवले जनताको निर्देसन बाहिर गएर जो सुकैले काम गरेपनि आफुहरुलाई मान्य नहुने बताए । उनले संविधानसभाको निर्वाचन नाट्कमात्र भएको भन्दै सम्पन्न हुननसक्ने दाबी गरे ।
आन्दोलनमा नेकपा–माओवादी मोर्चामा आवद्ध ३३ दल, फोरम नेपाल, संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध आठ दल र संघीय समाजवादी पार्टी गरी ४२ बटा दल छन । बिहिबार मात्र ४२ राजनीतिक दलले जारी गरेको वक्तव्य जस्ताको तस्तै-
“चैत्र १ गतेको असंबैधानिक र अलोकतान्त्रिक २५ बुँदे आदेशलाई पुनरावलोकन गर्दै सर्वदलीय राजनितिक सहमति कायम गरि अग्रगामी निकाश खोज्नु पर्दछ भनि आवज उठाउदै आई रहेकोमा यही जेठ ३० गते सरकारले हाम्रा ती मागहरुको बेवास्ता गर्दै चार दलीय सिण्डीकेटको निर्देशनमा उत्पीडनमा पारिएका आदिवासी जनजाति, दलित, महिला मधेसीहरुको प्रतिनिधित्वलाई समेत हतोत्साही बनाउने गरि निर्वाचन अध्यादेश जारी गरि आगामी मंसिर ४ गते संबिधानसभाको निर्वाचन गर्ने भनेर सरकारले जुन ढंगले मिति घोषणा गरेको छ, सरकारको यो कदम अलोकतान्त्रिक र प्रतिगामी भएको ठहर गर्दै उक्त घोषणा अविलम्ब खारेज गरियोस र फेरी पनि राजनीतिक दलहरुको बीचमा नयाँ राजनितिक सहमति कायम गरी अग्रगामी राजनितक निकाश खोजियोस भनि जोडदार माग गर्दछौ ।
सरकारको उक्त कदमहरुको बिरोधमा आन्दोलनका निम्न कार्यक्रमहरु तय गरिएको छ ।
२०७० असार २ गते – नेपालबन्दको आयोजना गर्ने ।
२०७० जेठ ३१ गते – अपरान्ह ४ बजे बिरोध प्रदर्शन र बिरोधसभा आयोजना गर्ने ।
२०७० असार १ गते – अपरान्ह ५ बजे नेपालबन्दको प्रचार प्रसारका लागि बिभिन्न स्थानमा कोणसभाहरु आयोजना गर्ने ।
……………………. ……………………….
मोहन बैद्य किरण परशुराम तामाङ
३३ दलको तर्फबाट संघीय लोकतान्त्रिक मोर्चा, नेपाल
मधेशी जनाधिकार फोरम नेपाल
राष्टिय मधेस समाजवादी पार्टी
ताम्सालिङ नेपाल राष्टिय दल
जनमुक्ति पार्टी नेपाल
नेपाल लोकतान्त्रिक नगरिक पार्टी
थरुहट तराई पार्टी नेपाल
नेपाल शान्ति समाज दल
किराँत खम्बुवान स्वायत्त राज्य
मिति : २०७० जेठ ३१ गते

प्रतिक्रियाहरु

[anycomment]