बन्दले जनजीवन प्रभावित

२०७० असार २ गते, आईतवार

काठमाडौं, असार २ – नेकपा–माओवादीलगायतका ४२ दलले आह्वान गरेको बन्दका कारण काठमाडौं उपत्यका सहित देशभर बन्दको प्रभाब परेको छ ।बन्दका कारणा देशभरका बजार र शिक्षण संस्था पनि बन्द छन् । सडकमा एम्बुलेन्स, प्रेस, खानेपानी लगायत अत्यावश्यक सेवाका गाडी मात्र चलेका छन् । अत्यावश्यक सेवाका गाडी निर्वाध रुपमा चल्न पाउने नेकपा माओवादीले बताएको छ ।प्रधानन्यायाधीश नेतृत्वमा सरकार गठन भए लगत्तै विरोधमा उत्रिएका असन्तुष्ट दलहरु चुनावको मिति घोषणा भएपछि फेरि आन्दोलित भएका हुन् । चुनावको तिथि खारेज र सर्वपक्षीय सहमतिबाट राजनीतिक निकास हुनुपर्ने माग सहित बन्द आह्वान गरिएको माओवादीले बताएको छ । ।
बन्दका कारण राजधानी लगायत मुलुकभर यातायात, बजार ,पसल ,कलकारखाना खुलेका छैनन । शैक्षिक संस्थामा पनि बन्दको प्रभाब परेको छ । सहरका मूख्य सडकमा एम्बुलेन्स, प्रेस, खानेपानी दुध ढुवानीलगायत अत्यावश्यक सेवाका गाडी मात्र चलेका भेटीन्छन् ।

प्रतिक्रियाहरु

[anycomment]